रुसले रातभरि युक्रेनमा १८८ वटा मानव रहित युद्धयान(ड्रोन) आक्रमण गरेको वायु सेनाले जनाएको छ । वायु सेनाले अहिले सम्म कै सर्वाधिक ड्रोन आक्रमण भएको बताएको छ ।
युक्रेनी अधिकारीहरूले सोमबार रातिसम्म खार्किभमा २३ जना घाइते भएको र ४१ भवनमा क्षति पुगेको दाबी गरेका छन्। रुसले सोमबार राति र मङ्गलबार बिहान सम्म युक्रेनमा कीर्तिमान उच्च १८८ मानव रहित युद्धयान (ड्रोन)हरू प्रक्षेपण गरेको छ ।
युक्रेनको वायुसेनाले टेलिग्राममा ७६ ड्रोन खसालेको बताएको छ । अन्य ९५ वटा मानव रहित यान उडानमा हराएको र पाँचवटा बेलारुस उडेका थिए । उक्त आक्रमणको कारण निजी तथा बहु -आवासगृहहरु क्षतिग्रस्त भएका छन् ।
यसअघिको सबैभन्दा ठूलो १४५ वटा मानव रहित युद्धयान (ड्रोन) आक्रमण नोभेम्बर १० मा भएको थियो। सोमबार रातिको मानव रहित यान आक्रमणले टेर्नोपिलको पश्चिमी शहरमा ऊर्जा पूर्वाधारमा क्षति पुर्याएको स्थानीय क्षेत्रीय रक्षा निकायका प्रमुख सेर्ही नाडालले टेलिग्राममा भने।
यसैबीच रुसको रक्षा मन्त्रालयले सोमबार राति धेरै रुसी क्षेत्रमा कम्तीमा ३९ युक्रेनी मानव रहित यान (ड्रोन )खसालेको जानकारी दिएको छ । कुनै क्षति वा मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया