अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा गत शुक्रबार ,नोभेम्बर २२ ,२०२४ का दिन एकल सवारी साधन दूर्घटना हुँदा निधन भएका २ जना नेपाली युवकहरु क्रमस सुरेश केसी तथा बिबेक सुबेदीको उमेर सहित प्रहरीले नाम सार्वजनिक गरेको हो ।
लाउडन काउन्टी शेरिफ कार्यालय लिजबर्गले गत नोभेम्बर २५ सोमबारका दिन नाम सहित उनीहरुको दुवैको नाम सार्वजनिक गरेको छ । प्रहरीले जारी गरेको बिज्ञप्तिमा अनुसार बर्दियाका बिधार्थी बिबेक सुबेदीको उमेर २२ बर्ष र रुकुमका सुरेश केसीको उमेर २१ बर्ष भएको जनाएको छ ।
दुवै जना भर्जिनिया राज्यको एल्डी नामक शहरमा बसोबास गर्ने जनाएको छ । अर्थात् उनीहरुको परिचय पत्रमा शहर एल्डी जनाईएकोले प्रहरीले त्यस अनुसार उनीहरु दुवै एल्डी नै बसोबास भएको उल्लेख गरेको छ ।
गत नोभेम्बर २४ आइतबारका दिन दिउसो ३ बजे घटना भएको छेउछाउमा दुवैको सम्झनामा प्रार्थना सभा समेत आयोजना गरिएको थियो ।
गाडी चलाउने चालक अल्डी कै ३० वर्षीय विजय तामाङलाई अनैच्छिक हत्याको अभियोग लगाइएको छ । उनलाई लाउडन काउन्टी वयस्क कारागारमा धरौटी बिना राखिएको छ। मदिरा सेवन दुर्घटनाको कारण भएको प्रहरीले आशंका गरेको छ भने अनुसन्धान जारी रहेको छ ।
गत नोभेम्बर २४ आइतबारका दिन आयोजना गरिएको प्रार्थना सभामा उपस्थित नेपाली समुदाय पुरै भाबुक बने । उक्त प्रार्थना सभामा आयोजक,दुवैका आफन्त ,साथीभाई र शुभचिन्तकले दुवैका कुरा सुनाउदा सबैका आँखा रसाए । त्यति मात्र हैन उनीहरुका कथा र पारिवारिक स्थितीको वर्णन गर्दा प्रत्यक्ष प्रसारण हेर्ने दर्शकहरु समेत भाबुक भएका थिए ।
भर्जिनिया लाउडन काउन्टी पार्कवे नामक सडकमा भएको दुर्घटनामा विवेक सुवेदी र सुरेश केसीको ज्यान लिएको छ तर उनीहरूका अर्का साथी मेहुल श्रेष्ठ गम्भीर घाइते भएर अझै अस्पतालमा छन् ।
बिबेक,सुरेश र मेहुललाई सहयोग गर्न यहाँ थिचु होला :
https://www.gofundme.com/f/support-the-families-of-bibek-suresh-and-mehul?utm_campaign=fp_
प्रतिक्रिया