विशेष सल्लाहकार ज्याक स्मिथद्वारा ट्रम्प विरुद्ध लगाईएका चुनावी विद्रोह र वर्गीकृत कागजात मुद्दाहरू फिर्ता,न्यायाधिशद्वारा खारेज

इनेप्लिज २०८१ मंसिर १० गते २३:२८ मा प्रकाशित

विशेष सल्लाहकार ज्याक स्मिथले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध लगाईएका चुनावी विद्रोह र वर्गीकृत कागजात मुद्दाहरू फिर्ता लिएका छन् । उनि निर्वाचित भए पछि अमेरिकी कानुन अनुसार राष्ट्रपतिलाई मुद्धा लगाउन नमिल्ने हुनाले संघिय मुद्धा खारेज गर्न निवेदन दिएका छन् ।

यता ट्रम्पले विशेष सल्लाहकार स्मिथलाई कार्यालय पुन: पदभार ग्रहण गरेपछि बर्खास्त गर्ने बताएका छन्।

“(न्याय) विभागको अवस्था भनेको प्रतिवादीले सपथग्रहण गर्नु अघि यो मुद्दा खारेज गर्न संविधानमा आवश्यकता हुन्छ ,” स्मिथले वाशिंगटन, डिसीस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश तान्या चुटकनसँग छ पृष्ठको दाखिलामा चुनावी विद्रोह मुद्दाको बारेमा लेखेका छन् । “यो नतिजा प्रतिवादी विरुद्धको मुद्दाको योग्यता वा शक्तिमा आधारित छैन।”

न्यायाधिश चुटकनले सोमबार दिउँसो औपचारिक रूपमा कुनै पूर्वाग्रह बिना मुद्दा खारेज गरिन । स्मिथले पूर्व राष्ट्रपतिलाई २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोप लगाएका थिए । ट्रम्पका प्रवक्ता स्टिभन चेउङले एक विज्ञप्तिमा यो कदमलाई “कानूनी शासनको लागि ठूलो जीत” भनेका छन् ।

उनले अगाडी भने “अमेरिकी जनता र राष्ट्रपति ट्रम्पले हाम्रो न्याय प्रणालीको राजनीतिक हतियार तुरुन्तै अन्त्य गर्न चाहन्छन् र हामी हाम्रो देशलाई एकताबद्ध गर्न तत्पर छौं ।,”

प्रतिक्रिया