सन् २०२३ मा प्रतिदिन औसतमा १४० महिला तथा युवतीका आफ्ना पति/जीवन साथी/प्रेमी वा आफन्तले हत्या गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन

इनेप्लिज २०८१ मंसिर १० गते ११:५० मा प्रकाशित

दुई वटा संयुक्त राष्ट्र संघका दुई निकायहरूले गत वर्ष प्रतिदिन औसतमा १४० जना महिला तथा युवतीहरूका आफ्ना पति/जीवन साथी वा परिवारको सदस्यबाट मारिएको बताएका छन्।

महिलाका लागि सबैभन्दा घातक स्थान घर नै भएको प्रतिवेदनले जनाएको छ । गत वर्ष औसतमा १ सय ४० महिला र ठिटी/युवतीको घनिष्ठ साझेदार वा परिवारको सदस्यबाट हत्या भएको संयुक्त राष्ट्रसंघका दुई एजेन्सीहरूले सोमबार प्रतिवेदन सार्वजनिक गरेका छन् ।

विश्वव्यापी रूपमा सन् २०२३ मा लगभग ५१,१०० महिला तथा युवतीहरूको मृत्युको लागि उनीहरुका एक घनिष्ठ साझेदार अर्थात् पति/जीवन साथी तथा परिवारको सदस्य जिम्मेवार रहेको जनाएको छ ।

त्यस्तै सन् २०२२ को अनुमानित ४८ ,८०० पीडितहरूबाट सन् २०२३ मा वृद्धि भएको यूएन वुमन तथा यूएन अफिस अफ ड्रग्स एण्ड क्राइम संस्थाले जनाएका छन्

महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा यो जारी गरिएको थियो । दुई संस्थाहरुका अनुसार जताततै महिला र केटीहरू लैंगिक-आधारित हिंसाको यो चरम रूपबाट प्रभावित भइरहेका छन् । घर महिला र केटीहरूको लागि सबैभन्दा खतरनाक ठाउँ भएको प्रतिवेदनमा जनाईएको छ ।

सबैभन्दा धेरै घनिष्ठ साझेदार (पति या जीवन साथी)र पारिवारिक हत्या अफ्रिकामा भएको थियो । सन् २०२३ मा अनुमानित २१,७०० पीडितहरू रहेका थिए । अफ्रिकामा जनसंख्याको आकारको तुलनामा सबैभन्दा बढी पीडितहरू थिए ।

एबिसीन्यूजका अनुसार गत वर्ष अमेरिकामा प्रति एक लाखमा १.६ महिला पीडित भएको र ओशिनियामा प्रति १ लाखमा १.५ महिला पीडित हुने दर पनि उच्च रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एशियामा १ लाखमा ०.८ पीडितहरू र युरोपमा १ लाखमा ०.६ उल्लेखनीय रूपमा न्यून रहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनका अनुसार युरोप र अमेरिकामा निजी क्षेत्रमा महिलाहरुको जानाजानी हत्याको मुख्य कारण घनिष्ठ साझेदार(पति/जीवन साथी/प्रेमी )हरू रहेको जनाएको छ ।

प्रतिक्रिया