लण्डनस्थित अमेरिकी दूतावास बाहिर ‘शङ्कास्पद पोको ’ फेला

इनेप्लिज २०८१ मंसिर ७ गते १२:१६ मा प्रकाशित

लण्डनस्थित अमेरिकी दूतावास बाहिर शङ्कास्पद पोको (प्याकेज) फेला परेको छ । उक्त पोको पछि नियन्त्रित विष्फोटमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान लन्डनस्थित अमेरिकी दूतावास बाहिर एउटा शंकास्पद पोको फेला परेको प्रहरीले जनाएको छ।

लन्डन महानगर प्रहरीले तुरुन्तै दूतावासबाहिर पोन्टन सडकलाई सतर्कताको लागि बन्द गर्दै पोकोलाई नष्ट गरेको छ ।

“हामी अमेरिकी दूतावास नजिकैको घटनाको बारेमा बिधुतिय (अनलाइन)अनुमानहरू बारे सचेत छौं,” महानगर प्रहरीले भने। प्रहरीले सोधपुछ जारी रहेको र तत्कालका लागि उक्त क्षेत्र घेराबन्दी रहने बताएको छ ।

लन्डनमा रहेको अमेरिकी दूतावास जनवरी २०१८ मा एकदमै नयाँ अत्याधुनिक भवनमा सारिएको छ । १२ तले सरकारी कार्यालय र निर्माण गर्न करिब १ बिलियन खर्च भएको थियो ।

प्रतिक्रिया