न्यूयोर्कको म्यानह्याटनमा जथाभावी छुरा प्रहार गर्ने संदिग्ध हत्याको आरोपमा अदालतमा उपस्थित, तीन घन्टाको अवधिमा तीनजनाको मृत्यु

इनेप्लिज २०८१ मंसिर ५ गते ११:५७ मा प्रकाशित

न्यूयोर्कको म्यानह्याटनमा जथाभावी छुरा प्रहार गर्ने संदिग्ध हत्याको आरोपमा अदालतमा उपस्थित भएका छन् । एबिसीन्यूजका अनुसार तीन घन्टाको अवधिमा तीनजनाको मृत्यु भएको थियो।

५१ वर्षीय रामोन रिभेरामाथि म्यानह्याटनमा छुरा प्रहार गरी तीन जनाको हत्या गरेको आरोप छ। उनी गत मंगलबार पहिलो पटक अदालतमा उपस्थित भएका थिए ।

न्युयोर्क प्रहरी विभागका अनुसार ५१ वर्षीय रामोन रिभेरालाई प्रथम श्रेणी (फर्स्ट डिग्री )हत्याको तीनवटा मुद्दा लगाइएको थियो। सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

न्यायाधीशले मंगलबार अभियोजन पक्षको हिरासतमा राख्न माग गरेका थिए । रिवेरा नोभेम्बर २२ मा अदालतमा फर्कने छन् । गत सोमबार बिहान करिब तीन घण्टाभित्रै आक्रमण भएको हो ।

पहिलो पीडित ३६ वर्षीया एन्जिल लता ल्यान्डीलाई बिहान ८:२२ मा अप्रत्याशित रुपमा पेटमा चक्कु प्रहार गरिएको थियो । लगभग दुई घण्टा पछि ६७ वर्षीय चाङ वाङलाई धेरै पटक छुरा प्रहार गरिएको थियो ।

तेस्रो पीडित ३६ वर्षीया विल्मा अगस्टिन माथि १० :५५ मा हमला भएको थियो। उनलाई चक्कुको धेरै चोट लागेको कारण उनलाई अस्पताल लगिएको थियो जहाँ पछि उनको मृत्यु भएको प्रहरीले बताए ।

संदिग्धलाई बेल्लेभ्यू पुरुष आश्रयस्थलमा बसिरहेको समयमा पक्राउ गरिएको थियो। प्रहरीका अनुसार दुईवटा रगतले लतपतिएको भान्सामा प्रयोग हुने चक्कु बरामद गरिएको थियो ।

प्रतिक्रिया