ट्रम्प आप्रवासीलाई देश निकाला योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय आपतकाल घोषणा गर्न तयारीमा 

इनेप्लिज २०८१ मंसिर ३ गते १७:५८ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीलाई देश निकाला योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय आपतकाल घोषणा गर्न तयारीमा रहेको सिएनएनले जनाएको छ ।

 ट्रम्पले सोमबार आफ्नो सामाजिक सॅजाल ट्रुथ सोशलमा  संयुक्त राज्य अमेरिकाले ठूलो मात्रामा आप्रवासीहरूलाई निर्वासन गर्ने आफ्नो योजनाको एक भागको रूपमा राष्ट्रिय आपतकाल घोषणा गर्न तयार रहेको पुष्टी गरेका छन्।

 ट्रम्पको टोलीले पेन्टागन स्रोतहरू खोल्न राष्ट्रिय आपतकालिन घोषणाको मूल्याङ्कन गरिरहेको छ ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले कांग्रेसलाई रोक्न र पेन्टागन कोषहरू आफ्नो सिमानामा पर्खालको लागि प्रयोग गर्न मेक्सिकोसँगको सिमानामा राष्ट्रिय आपतकालको घोषणा गरेका थिए ।

उनि  र उनका सहयोगीहरू उनको सामूहिक निर्वासन अभियानको वाचा पूरा गर्न हिरासत सुविधाहरू विस्तार गर्ने आधार तयार गरिरहेको सिएनएनले समाचारमा जनाएको छ ।

प्रतिक्रिया