निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सञ्चार आयोगको नेतृत्व गर्न ब्रेन्डन कारलाई नियुक्त गरेका छन् । बिश्वकै सर्वाधिक धनाढ्य व्यक्ति इलन मस्कले आफ़ो सामाजिक संजालमा कारको लागि आफ्नो प्रशंसा व्यक्त गरेका छन् ।
ट्रम्पले आइतवार साँझ कारलाई छनोट घोषणा गरेका हुन् । छनोटको घोषणा गर्दै र बधाई दिँदै ट्रम्पले एफसीसीमा वरिष्ठ रिपब्लिकन हुनु अघि कारको पृष्ठभूमिलाई एफसीसीको सामान्य सल्लाहकारको रूपमा जोड दिए।
“मैले पहिलो पटक २०१७ मा एफसिसिमा आयुक्त कारलाई मनोनीत गरें, र उनलाई सिनेटले तीन पटक सर्वसम्मतिले पुष्टि गर्यो । उनको वर्तमान कार्यकाल २०२९ सम्म चल्ने छ र, उनको उत्कृष्ट कामको कारण म अब उनलाई स्थायी अध्यक्षको रूपमा नियुक्त गर्नेछु, “ट्रम्पले आफ्नो वक्तब्यमा लेखे।
“आयुक्त कार वाक स्वतन्त्रता लागि एक योद्धा हुन्, र ,अमेरिकीहरूको स्वतन्त्रतालाई कुण्ठित गर्ने नियामक कानूनको विरुद्धमा लडेका छन्, उनले नियामक आक्रमणको अन्त्य गर्नेछन् ” ट्रम्पको बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया