अमेरिकाको ओहायो राज्यमा मुखावरण (मास्क)लगाएका समूहले स्वस्तिक झण्डा बोक्दै जुलूस निकाले पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
एबिसीन्यूजका अनुसार मास्क(मुखावरण) लगाएका ती समूहले स्वस्तिक झण्डा बोकेर ओहायो राज्यको टोल जुलुस निकालेका थिए ।
अहिले उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । ओहायोका गभर्नर र कोलम्बसका शहरका अधिकारीहरूले शनिबार ओहायोको राजधानी शहरको सडकमा कालो पहिरन लगाएर र स्वास्तिकसहितको झण्डा बोकेर मुकुण्डो (मास्क )लगाएका व्यक्तिहरूको एउटा समूह बारेमा आफ्ना प्रतिक्रिया दिन थालेका छन् ।
अपरिचित व्यक्तिहरू दिउँसो १ बजेतिर जुलुस निकालेका थिए। कोलम्बस एबीसी सम्बद्ध डब्लुएसवाईएक्स अनुसार उनीहरु छोटो अवधिको लागि उनीहरु उत्तरी छिमेकमा हिडेका थिए । उनीहरुको तस्बिर र श्रब्यदृश्य सामाजिक सञ्जालमा व्यापक भएको छ ।
कोलम्बस प्रहरीहरु पठाईएको र अनुसन्धान जारी रहेको ओहायो रिपब्लिकनका गभर्नर माइक डेवाइनले शनिबार साँझ सामाजिक संजाल एक्स मार्फत एक विज्ञप्तिमा भने।
हामी ओहायोमा घृणा सहने छैनौं । नियो-नाजीहरू आज कोलम्बसको सडकमा घुमे, नाजी झण्डा बोकेर यहूदीहरू विरुद्ध घिनलाग्दो र नस्लवादी नारा लगाई रहेका थिए,गभर्नरले भने ।
उनले अगाडी भने “यस राज्यमा घृणा, कट्टरता वा हिंसाको लागि कुनै ठाउँ छैन, र हामीले जहाँ देख्छौं त्यसको निन्दा गर्नुपर्छ।”
गत हप्ता, यस्तै मुकुण्डो लगाएका प्रदर्शनकारीहरूको एक समूह मिशिगनको होवेलमा “द डायरी अफ एनी फ्रान्क” को उत्पादन बाहिर नाजी झण्डा फहराएको देखिएको एबिसीन्यूजले बताएको छ ।
प्रतिक्रिया