अमेरिकाको कनेक्टिकट राज्यमा अध्ययन गर्न आएकी बिधार्थी रविना पौडेललाई गाडीले ठक्कर दिंदा गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । हाल उनि सघन कक्षबाट पुनर्स्थापन केन्द्रमा सारिएको छ । उनलाई सहयोगको लागि गोफन्ड संचालनमा ल्याइएको छ ।यसको लक्ष्य ५० हजार डलर राखिएको छ भने हाल सम्म ३,४६० डलर सङ्कलन भएको छ ।
कनेक्टिकट राज्यको स्थापित नेपाली गैर मुनाफा सामाजिक संस्थाले उनको सहयोगार्थ कोष सोसाइटी अफ नेप्लिज इन अमेरिकाले गो फन्ड मि गत नोभेम्बर १३ बुधबारका दिन संचालनमा ल्याएको छ ।
गो फन्ड मि का अनुसार पौडेल विद्यार्थी प्रवेशाज्ञा (भिसा)मा न्यु हेभन युनिभर्सिटी (UNH) मा पब्लिक हेल्थ(जन स्वास्थ्य)मा स्नातकोत्तर गर्न आएकी उनको घर गण्डकी प्रदेशको बागलुङ नगरपालिका वडा नम्बर १३ रहेको जनाईएको छ ।
गत सेप्टेम्बर २९ ,२०२४ वेस्ट हेभन नामक शहरमा विश्वविद्यालय नजिकै एउटा मार्ग(लेन)मा बाटो काट्दा चालकले उनलाई जान (क्रस )संकेत गरेपछि, दोस्रो मार्ग (लेन)बाट आउँदै गरेको अज्ञात गाडीले उनलाई अप्रत्याशित रूपमा ठक्कर दिएको थियो जसको परिणामस्वरूप गम्भीर दुर्घटना हुन पुगेको गोफण्ड मि मा उल्लेख गरिएको छ ।
हाल सम्म उनको तीनवटा ठूला शल्यक्रिया गरिएको छ भने उनको हाल येल अस्पतालमा उपचार भइरहेको छ । घाइते बिधार्थी रविना पौडेलको स्थिति अहिले अत्यन्त नाजुक छ । शारीरिक र मानसिक रुपमा निकै संघर्ष गरि रहेकी उनको चिकित्सा हेरचाह, यातायात, आवास, र अध्ययन वरपरको चुनौतीपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै सोसाइटी अफ नेप्लिज इन अमेरिकाले गो फन्ड मि खोलेको हो ।
अध्ययन गर्न आएकी बिधार्थीको आर्थिक स्थिति खस्किदै गएको र यस समयमा उनलाई सम्पूर्ण नेपाली समुदायको साथ र सहयोग चाहिएकोले संस्थाले सबैलाई सहयोगको लागि आह्वान गरेको छ ।
यो हार्दिक अपील सोसाइटी अफ नेपलिज इन अमेरिका ब्रानफोर्ड, कनेक्टिकटले गरेको हो ।
सहयोग गर्न यहाँ थिच्नु होला :
https://www.gofundme.com/f/help-rabina-poudel?
प्रतिक्रिया