ट्रम्प र इजरायली रणनीतिक मामिला मन्त्री बीच फ्लोरिडामा भेटघाट

इनेप्लिज २०८१ कार्तिक २७ गते २:२३ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फ्लोरिडाको आफ्नो निवास मारालागोमा इजरायली रणनीतिक मामिला मन्त्री रोन डर्मरसँग भेट गरेका छन् ।

उनीहरु बीच गाजा र लेबनान युद्ध र इरानलगायत मध्य पूर्वका मुद्दाहरूबारे छलफल भएको थियो । इजरायली मन्त्रीले राष्ट्रपति जो बाइडेन र अमेरिकी सचिवसँग वार्ता गर्न वाशिंगटन जानुअघि आइतबार उनले ट्रम्पलाई भेटे गरेका थिए ।

उक्त बैठकको उद्देश्य ट्रम्पले पदभार ग्रहण गर्ने तयारी गर्दा विभिन्न क्षेत्रीय मुद्दाहरूको प्रारम्भिक विचारहरू मापनको लागि आयोजना गरिएको हो ।

प्रतिक्रिया