निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई व्हाइट हाउसको लागि राष्ट्रिय सुरक्षा सल्लाहकारमा छनौट गरेका छन् ।
फ्लोरिडा रिपब्लिकनका सांसद गुप्तचर ,सशस्त्र सेवा र विदेशी मामिला समितिहरूमा संलग्न छन् ।
एबिसीन्यूजका अनुसार उनले विगतमा युक्रेनलाई सहायताको समर्थन गरेका छन् तर युरोपेली सहयोगीहरूबाट बढ्दो खर्च, कोषको अतिरिक्त निरीक्षण र सीमा सुरक्षा उपायहरूसँग सहायता जोड्ने सहित “सर्तहरू” माग गरेका छन्।
युक्रेन भ्रमण गरेका वाल्ट्ज युक्रेनप्रति बाइडेन प्रशासनको नीतिको कट्टर आलोचक हुन् । युक्रेनलाई थप घातक सहायता जस्तै मिग लडाकु विमानहरू प्रदान नगरेकोमा ह्वाइट हाउस र सहयोगीहरूको आलोचना गरेका थिए ।
वाल्ट्जले बुश प्रशासन,पेन्टागन र व्हाइट हाउसमा विभिन्न राष्ट्रिय सुरक्षा नीति भूमिकाहरूमा सेवा गरेका छन् । ट्रम्पसँग आफ्नो पहिलो कार्यकालमा चार फरक राष्ट्रिय सुरक्षा सल्लाहकारहरू मध्ये उनि पनि एक थिए ।
प्रतिक्रिया