निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निक्की हेली तथा माइक पोम्पेओलाई नलिने बताएका छन् ।
ट्रम्पले शनिबार आफ्ना पूर्व रिपब्लिकन राष्ट्रपति पदकी प्रतिद्वन्द्वी निक्की हेली र उनका पूर्व विदेश सचिव माइक पोम्पेओले आफ्नो आगामी प्रशासनमा भूमिका नलिने बताएका छन्।
उनले आफ्नै सामाजिक संजाल ट्रुथ सोशलमा “उनीहरूसँग पहिले काम गर्दा धेरै रमाइलो र सराहना गरियो” तर उनले उनीहरूलाई सेवा गर्न “निमन्त्रणा” नगर्ने जनाएका छन् ।
“म पूर्व राजदूत निक्की हेली तथा पूर्व विदेश सचिव माइक पोम्पेओलाई ट्रम्प प्रशासनमा सामेल हुन आमन्त्रित गर्ने छैन मैले उनीहरूसँग पहिले नै काम गरेकोमा उनीहरूलाई हाम्रो देशको सेवाको लागि धन्यवाद दिन चाहन्छु। त्यति भन्दै उनले फेरी अमेरिकालाई फेरि महान् बनाउनुहोस् भन्दै आफ्नो कुरा टुंग्याएका छन् ।
प्रतिक्रिया