अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पसँग फ्लोरिडाको उनको मारालागो निवासमा कुरा गर्ने भन्दै प्रवेश गर्ने प्रयास गरेकोमा क्यालिफोर्नियाकाका एक व्यक्तिलाई पक्राउ गरिएको छ । नाम र थर हेर्दा उक्त व्यक्ति चीनिया मूलका हुन् ।
जिजी लीलाई हिजो मारालागोमा घुसपैठ गरेको आरोपमा पक्राउ गरिएको पाम बीच शहरका प्रहरी विभागले जनाएको छ।
प्रहरीका अनुसार एल मोन्ते क्यालिफोर्नियाका लीलाई गत जुलाईमा पूर्व राष्ट्रपतिसँग कुरा गर्ने प्रयासमा मारालागोमा प्रवेश गर्ने प्रयास गरेकोमा अपराधको चेतावनी दिइएको थियो।
अतिरिक्त चेतावनी जारी गरिसकेपछि उनि पाम बीच शहरमा थप ४ पटक आएका थिए । उनलाई १ लाख डलरको धरौटीमा राखिएको छ ।
प्रतिक्रिया