अमेरिकामा चुनाव हुनु अगावै झण्डै ७ करोड मतदाताद्वारा मतदान ,ट्रम्प र ह्यारिस बीच कडा प्रतिस्प्रद्धा

इनेप्लिज २०८१ कार्तिक १७ गते १०:४१ मा प्रकाशित

अमेरिकामा आगामी नोभेम्बर ५ मंगलबारका दिन हुने राष्ट्रपतिको चुनाव हुनु अगावै झण्डै ७ करोड मतदाताहरुले मतदान गरि सकेका छन् ।

फ्लोरिडा विश्वविद्यालयको निर्वाचन प्रयोगशाला(University of Florida’s Election Lab.)को तथ्याङ्क अनुसार शुक्रबार राती १०:०५ बजे सम्म करिब ७० मिलियन अमेरिकीहरूले निर्वाचन मिति अगाडी नै मतदान गरेका छन्।

लगभग ७० मिलियन अभिलेख (रेकर्ड )गरिएको डाक (मेल) तथा व्यक्तिगत रुपमा मतदान केन्द्रमा गै मतदान गरेको उक्त संस्थाले जनाएको छ ।

३२ मिलियन भन्दा ज्यादा अर्थात् ३२ ,५९४ ,६६९ (३ करोड २५ लाख )हुलाक मार्फत पठाईएको डाक मतपत्रहरू चुनाव हुने स्थानमा राष्ट्रिय रूपमा फर्काइएका छन् । त्यसै गरि मतदान केन्द्रमा गएर मतदान गर्नेहरुको संख्या ३ करोड ७४ लाख ५८ हजार पुगेको छ ।

अग्रिम रुपमा मतदान गर्ने स्थानहरु अब अमेरिकाका ५० वटै राज्यहरू डिस्ट्रिक अफ कोलम्बिया (डिसी)सहित मतदाताहरूका लागि मतदान खुला गरिएको छ । यस पटक पछिल्लो मतसर्वेक्षणमा उपराष्ट्रपति कमला ह्यारिस तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच अत्यन्तै प्रतिस्प्रद्धा रहेको छ । जर्जिया ,नर्थ क्यारोलाइना तथा एरिजोनामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडी छन् । आज नोभेम्बर २ का दिन सम्म मात्र अग्रिम रुपमा मतदान गर्न पाइने छ ।

स्मरण रहोस ,मतसर्वेक्षणमा अगाडी देखाए पनि गोप्य मतदान भएकोले सन् २०१६ मा हिलारी क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् । सर्वेक्षणमा क्लिन्टन अगाडी देखिएकी थिइन् । सन् २०२० मा राष्ट्रपति जो बाइडेनसँग लड्दा ट्रम्पलाई ७ करोड ४२ लाख मतदान प्राप्त गरेका थिए ।

बिश्वप्रसिद्ध समाचारहरुले गरेको पछिल्लो मतसर्वेक्षणमा अझै पनि उपराष्ट्रपति कमला ह्यारिस पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच १-२ % को मात्रै फरक देखाएका छन् । कुनै राज्यमा ट्रम्प २-३ % र कुनै राज्यहरुमा २-३ % मतमा ह्यारिस अगाडी छिन् ।

प्रतिक्रिया