अमेरिकाले जर्जिया राज्यमा एक श्रब्यदृश्य (भिडियो) मार्फत व्यापक(भाइरल)हुने जारी गरेकोमा रुसलाई आरोप लगाएको छ । साथै उक्त श्रब्यदृश्यमा आप्रवासीले अवैध रुपमा ह्यारिसलाई मतदान गरेको देखाईएको छ ।
अमेरिकी अधिकारीहरूले हालैका दिनहरूमा बिधुतिय रुपमा सामाजिक संजालमा प्रसारित भएको श्रब्यदृश्य (भिडियो)को पछाडि रुसको हात रहेको पत्ता लगाएका छन् । उक्त श्रब्यदृश्यमा हेटीका आप्रवासीहरूलाई उनीहरूले अवैध रूपमा कमला ह्यारिसलाई मतदान गरेको दाबी गरेको देखाउन खोजेको छ।
राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय, एफबीआई र साइबरसुरक्षा र पूर्वाधार सुरक्षा सँस्थाले एक संयुक्त रुपमा वक्तब्य जारी गरेका छन् । रूसी प्रभावकारी कलाकारहरूले हालसालै श्रब्यदृश्य निर्माण गरेको र जर्जियाका धेरै काउन्टीहरूमा अवैध रूपमा मतदान गरेको त्यसमा देखाईएको छ ।
“यो रुसी गतिविधि अमेरिकी चुनावको अखण्डताको बारेमा निराधार प्रश्नहरू उठाउने र अमेरिकीहरूबीच विभाजन ल्याउने मस्कोको व्यापक प्रयासको हिस्सा हो,” सँस्थाहरूले भने। जर्जियाका राज्य सचिव ब्राड राफेन्सपर्जरले गत बिहीबार उक्त श्रब्यदृश्य “स्पष्ट रूपमा नक्कली” भएको बताए । अमेरिकी अधिकारीहरूले बारम्बार रूस र अन्य अमेरिकी विरोधीहरूले चुनावमा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयासहरू बढाएको भन्दै चेतावनी दिएका छन् ।
प्रतिक्रिया