सन् २००८ मा भर्जिनिया राज्यको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को देउसी भैलो कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न भएको छ ।
गत अक्टोबर २७ आइतबारका दिन मनासस शहरमा आयोजित देउसी भैलो कार्यक्रममा अधिकांश उक्त संस्थाद्वारा संचालित अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत बिधार्थीको साथै आफ्नै संस्थाकै सदस्य तथा पदाधिकारीहरुका प्रस्तुतीहरु रहेका थिए ।
एएनएसएच) अमेरिकाको भर्जिनिया राज्यको मनासस शहर सन् २००८ मा स्थापित उक्त संस्था अमेरिका भरि कै क्रियाशील गैर मुनाफा सामाजिक संस्था मध्ये कै अत्यन्तै क्रियाशील संस्थामा पर्दछ र मानिन्छ ।
देउसी भैलो कार्यक्रम नेपालको काग तिहार भन्दा अगाडी मनाईएको छ । छुट्टीको दिन समेत रहेकोले अभिभावकहरु सहित बालबालिकाको साथमा देउसी खेल्न र उनीहरुलाई प्रोत्साहन गर्न त्यहाँ उपस्थिती जनाएका थिए ।
अमेरिकामा शनिबार र आइतबार अधिकांशको बिदा पर्ने हुनाले नेपालमा यमपञ्चक अगाडी रहेता पनि देउसी भैलो कार्यक्रम २०२४ भब्यतासाथ सम्पन्न भएको छ ।
अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न साँस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी,नेपाली अचार समेत बनाई अतिथिहरुलाई खुवाएका छन् ।
अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन हो । उक्त विद्यालयमा नेपाली पढाइनुको साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।
उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्नेलाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराई राखेको छ । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु भएको थियो ।
प्रारम्भमा लक्ष्मी पूजा गरिएको थियो भने पूजामा कामना पन्थी तथा एएनएचएसका पूर्व अध्यक्ष कमला खरेलले पूजा अर्चना गरेका थिए ।
लक्ष्मी पूजा पछि तिहारका गीतहरुमा त्यही पढ्ने बिद्यार्थीहरुले बिभिन्न गीतमा नृत्यहरु प्रस्तुति गरेका थिए । यसैगरी एएनएचएस महिला समूहले देउसी भैलो खेलेका थिए भने एएनएचएस पुरुष समुहले परम्परागत देउसी भैलो खेलेका थिए ।
कार्यक्रम अगाडी अध्यक्ष जानु ओझाले सबैलाई स्वागत गरेकी थिइन् भने उनले नै कार्यक्रमको सभापतित्व समेत गरेकी थिइन् । यसै गरि एएनएचएस ट्रस्टीका सभापति केदार प्रसाद तिम्सिना पुरुष देउसी टोलीका घरपेटी बा बनेका थिए । उनकै घरमा देउसी टोलीले देउसी खेलेका थिए ।
देउसी भैलो खेल्दै गर्दा थुप्रै जनाले सहयोग गरेका थिए । एएनएचएस ट्रस्टीका सभापति तिम्सिनाले पनि बोलेका थिए भने उनले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।
देउसी भैलो कार्यक्रमको लागि अत्यधिक सहभागिता भएकोले सभाकक्ष सानो हुन् पुग्यो। दर्शकहरु उभिनुको साथै अगाडी भुईमा समेत बस्नु परेको थियो । खचाखच भिड हुँदा र महिलाहरुले भैलो खेल्दा र गीतहरुमा उफ्रिदा र नृत्य गर्दा अमेरिकाको काठले बनेको भुई नै लचक लचक हुन् पुग्यो ।
प्रतिक्रिया