मनासस नेपाली फूटबल क्लब द्वारा आयोजित रक्तदान सम्पन्न

इनेप्लिज २०८१ कार्तिक १० गते २३:०१ मा प्रकाशित

मनासस नेपाली फूटबल क्लब द्वारा आयोजित आज रक्तदान कार्यक्रमलाई सफल बनाउन आफ्नो अमूल्य समय दिई सहभागी हुनु हुने सबैलाई हाम्रो तर्फबाट हृदयदेखि धन्यवाद! १५ भन्दा बढी सहयोगीहरूले रक्तदान गरेर आफ्नो अमूल्य रगत दिनुभयो, र ३० भन्दा बढी महानुभावहरू कार्यक्रममा सहभागी भई हामीलाई साथ दिनुभयो। केही साथीहरू विभिन्न कारणले गर्दा रक्तदान गर्न असमर्थ हुनु भए पनि तपाईंहरूको समर्थनले हामीलाई निकै प्रोत्साहित गर्‍यो।

रक्तदान जस्तो मानवता र सहयोगको प्रतीक कार्यमा तपाईंहरूको उपस्थितिले हामीलाई अझ ठूलो प्रेरणा दिएको छ। हामी सबै रक्तदाताहरू, स्वयंसेवकहरू, र सहयोगीहरूलाई विशेष धन्यवाद दिन चाहन्छौं, जसले गर्दा हाम्रो यो महत्त्वपूर्ण कार्यक्रम सफल भयो। तपाईंहरूको सहयोग र समर्थन सधैं हामीलाई प्रेरित गर्नेछ, र भविष्यमा अझ उत्कृष्ट कार्यहरू गर्ने हाम्रो प्रतिबद्धता छ। तपाईंहरूको साथले आजको दिनलाई यादगार बनायो। धन्यवाद, तपाईंहरूको अमूल्य योगदानलाई सधैं सम्झिरहनेछौं।

@highlightMNFC Manassas

प्रतिक्रिया