वाशिंगटन पोस्टले यस बर्ष कुनै पनि राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नर्गने ,३६ बर्ष पछि समर्थन रोक्यो

इनेप्लिज २०८१ कार्तिक १० गते ११:५० मा प्रकाशित

बिश्वकै सर्वाधिक चर्चित् तथा लोकप्रिय पत्रिका वाशिंगटन पोस्टले दशकौं पछि पहिलो पटक राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन (इन्डोर्स)नगर्ने बताएको छ।

पत्रिकाका दुई कर्मचारीका अनुसार उनीहरुले कमला ह्यारिसको लागि समर्थन गर्न कागजात तयार पारेका थिए। तर मालिक एमाजोनका संस्थापक जेफ बेजोसले समर्थन गर्न रोकेको एनबिसीन्यूजले जनाएको छ ।

सन् २०१९ मा एमाजोनले १० बिलियन(अर्ब)डलरको पेन्टागनको एक ठेक्का गुमाएको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुचित दबाब दिएका थिए ।

वाशिंगटन पोस्टले गत शुक्रबार यस वर्षको राष्ट्रपति चुनावमा उम्मेदवारलाई समर्थन नर्गने घोषणा गरेको छ । राष्ट्रपति रहँदा ट्रम्पले अर्बपति बेजोस र सन् २०१३ मा खरिद गरेको वाशिंगटन पोस्टको आलोचना गरेका थिए ।

पत्रिकाले सन् २०१६ र २०२० मा हिलारी क्लिन्टन र राष्ट्रपति जो बाइडेनलाई समर्थन गरेको थियो ।

सन् १९७६ देखि वाशिंगटन पोस्टले १९८८ को राष्ट्रपतिको दौड बाहेक राष्ट्रपतिका उम्मेदवारहरूलाई नियमित रूपमा समर्थन गर्दै आएको थियो। ती सबै अनुमोदनहरू डेमोक्र्याटका लागि थिए।

प्रतिक्रिया