एबिसीन्यूजमा प्रकाशित समाचार अनुसार आधा अमेरिकीहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फासिस्टको रूपमा हेर्ने गरेको जनाएको छ ।
झण्डै दुई तिहाईले पनि ट्रम्प प्रायः सत्यबाट अलग हुने गरेको सर्वेक्षणले देखाएको छ। आधा देश(अमेरिका)ले ट्रम्पलाई फासिस्टको रूपमा हेर्छ।
झन्डै दुई तिहाईले पनि ट्रम्प प्रायः सत्यबाट अलग्गिएको बताउँछन । राष्ट्रिय सर्वेक्षणमा दर्ता भएका ४९ % मतदाताहरूले ट्रम्प एक फासीवादी हुन भनेका छन् । उनलाई मतसर्वेक्षणमा एक तानाशाहको रूपमा काम गर्न खोज्ने, व्यक्तिगत अधिकारहरूलाई बेवास्ता गर्ने र आफ्ना विरोधीहरू विरुद्ध बल प्रयोग गर्ने वा धम्की दिने वा बल प्रयोग गर्ने राजनीतिक चरमपन्थी” भनी परिभाषित गरेका छन्। ” आधा भन्दा कम अर्थात् २२ %, ले पनि उपराष्ट्रपती कमला ह्यारिसलाई फासिस्टको रूपमा हेर्छन्।
ह्यारिसले गत बुधवार ट्रम्प एक फासीवादी हुन् भनि सिएनएनलाई जवाफ दिएकी थिइन् । ट्रम्पले बारम्बार ह्यारिसलाई फासिस्ट साथै मार्क्सवादी र कम्युनिस्ट समेत भनेका छन्।
प्रश्नको नतिजामा ४४ % ट्रम्पलाई मात्र फासिस्ट भनेका छन् भने १८ % ह्यारिसलाई मात्र फासिस्ट हुन् भनि जवाफ दिएका छन् । ५ % जसले दुवैलाई फासिस्ट भएका छन् ।
एबिसीन्यूजका अनुसार फासीवादको धारणा पक्षपातसँग जोडिएको छ । ८७ % डेमोक्र्याटहरूले ट्रम्पलाई फासीवादी भनेका छन् । यसै गरि ह्यारिसलाई ४१ % रिपब्लिकनले फासिस्ट भनेका छन् । त्यस्तै २० % स्वतन्त्र र ३ % डेमोक्र्याटहरूले ह्यारिसलाई पनि फासिस्टको रूपमा हेर्छन्।
राष्ट्रपतिका लागि ह्यारिसलाई समर्थन गर्ने दर्ता मतदातामध्ये ८७ प्रतिशतले ट्रम्पलाई फासिस्टको रूपमा हेर्छन्। ट्रम्पका समर्थकहरूले ४२ % ह्यारिसलाई फासिस्टको संज्ञा दिएका छन् ।
प्रतिक्रिया