अमेरिकामा मंगलबार दिउँसोसम्म १ करोड ९० लाख बढी अमेरिकीहरूद्वारा अग्रिम मतदान

इनेप्लिज २०८१ कार्तिक ७ गते १:३७ मा प्रकाशित

अमेरिकामा मंगलबार दिउँसोसम्म १ करोड ९० लाख अर्थात १९ मिलियन भन्दा बढी अमेरिकीहरूले अग्रिम मतदान गरेका छन् । फ्लोरिडा युनिभर्सिटीको इलेक्शन ल्याब ( फ्लोरिडा बिश्वबिद्यालय निर्वाचन ल्याब )नामक संस्थाको तथ्यांक अनुसार मंगलबार दिउँसोसम्म १ करोड ९० लाखभन्दा बढी अमेरिकीहरूले मतदान गरेका छन्।

लगभग ७.१ मिलियन मतहरू व्यक्तिगत रुपमा मतदानबाट आएका हुन् भने बाँकी मतहरू मेल मतपत्रहरू मार्फत खसालिएको सिएनएनले जनाएको छ ।

जर्जिया राज्यमा प्रारम्भिक मतहरूको ठूलो प्रदर्शन देखिएको छ । गत हप्ता प्रारम्भिक मतदान सुरु भएदेखि कीर्तिमानी प्रारम्भिक मतदान भएको जनाईएको छ ।

मंगलबार दिउँसोसम्म १.८४ मिलियन जर्जियालीहरूमा लगभग चार दर्ता भएका मतदाताहरू मध्ये एकले आफ्नो मतदान गरेका छन् ।

जर्जियाको राज्य सचिवको कार्यालयका अनुसार राज्यभरका प्रारम्भिक मतदान स्थलहरूमा १.७४ मिलियन भन्दा बढीले मतदान अग्रिम रुपमा मतदान गरि सकेका छन् ।

प्रतिक्रिया