अमेरिकामा राष्ट्रपतिको चुनाव आउन केवल १५ दिन बाँकी हुँदा चुनावी प्रचार प्रसारको क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमैदान(स्विङ्ग)राज्य पेनसेलभेनियाको एक म्याकडोनाल्डमा आलु तारेको सिके र झ्यालबाट ग्राहकलाई खानाको झोला दिएका छन् ।
ट्रम्पले आइतवार दिउँसो पेन्सिलभेनियाको म्याकडोनाल्ड्समा एप्रोन(प्रच्छ्दक)समेत लगाए । उनि र उनका टोली त्यहाँ पुगे र उनले सुरुमै जागिर मागे । त्यहाँका संचालकसंग कुरा गरे र एक सहयोगीले तपाईको आज देखि जागिर भयो भन्दै एप्रोन(प्रच्छ्दक)दिईन ।
त्यस पछि त्यहाका अर्का कामदारले आलू तार्ने (फ्राई) गर्ने तरिकाको साथै एक अर्की कामदारले झ्यालबाट आदेश दिएको सामान दिने तरीका समेत सिके । उनले त्यहाँ केही समय बिताए ।
“म जागिर खोज्दैछु,” ट्रम्पले फेस्टरभिल-ट्रेभोजको म्याकडोनाल्ड स्टोरका मालिकलाई भने। “र म सधैं म्याकडोनाल्डमा काम गर्न चाहन्थें, तर मैले कहिल्यै गरिन । म कसैको बिरूद्ध चुनावमा उठेको बताए ।
“यो रमाइलो छ, म यो दिनभर गर्न सक्छु। मलाई यो काममा कुनै आपत्ति छैन,” ट्रम्पले भने।
स्मरण रहोस ,पूर्व राष्ट्रपति ट्रम्प या उपराष्ट्रपती कमला ह्यारिस जसले पेन्सेलभेनिया राज्यमा बाजी मार्छ ,राष्ट्रपति बन्न पनि सक्ने सम्भावना ज्यादा रहेको छ । हाल अमेरिकामा ३-४ वटामा जसले जित्छ उ नै अमेरिकी राष्ट्रपति बन्न सक्ने छन् । त्यसैले दुवै उम्मेदवारहरुले ज्यान लगाएर पेन्सेलभेनिया लगायत राज्यहरुमा अत्यधिक मेहनत गरि रहेका छन् ।
प्रतिक्रिया