इजराइलले इरानविरुद्ध गर्ने आक्रमणको योजनाबारे कागजातहरू चुहावट भए पछि अमेरिकी गुप्तचरले अनुसन्धान गरि रहेको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार यस विषयमा जानकारी राख्ने तीन जना व्यक्तिहरूका अनुसार अमेरिका इरानविरुद्धको प्रतिशोधको लागि इजराइलका योजनाबारे अत्यधिक गोप्य अमेरिकी गुप्त विवरणको चुहावटको अनुसन्धान गरिरहेको छ। स्रोतहरूमध्ये एकले कागजातहरूको प्रमाणिकता पुष्टि गरेको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
“यो चुहावट म्भीर चिन्ताजनक छ,” एक अमेरिकी अधिकारीले सिएनएन लाई भने। अक्टोबर १५ र १६ मितिहरूका कागजातहरू गत शुक्रबार टेलिग्राममा प्रकाशन गरिएको थियो।
यी कागजातहरू अत्यन्त गोप्यको रूपमा चिन्ह (मार्क)गरिएको थियो । यी कागजातहरु अमेरिकी र यसको ५ सहयोगी राष्ट्रहरु अष्ट्रेलिया, क्यानाडा, न्युजील्याण्ड र बेलायतको लागि मात्र हेर्नका लागि हो भन्ने चिह्न लगाईएको थियो।
सिएनएनका अनुसार यी कागजातहरूले इजराइलले इरानमाथि आक्रमणको तयारी गरिरहेको देखाउँछन्।
एक अमेरिकी अधिकारीले दिएको जानकारी अनुसार अनुसन्धानले आरोपित पेन्टागन कागजातमा पहुँच भएका व्यक्तिहरूको जाँच गर्ने बताएका छन् ।
यो चुहावट अमेरिकी-इजरायली सम्बन्धमा अत्यन्त संवेदनशील समयमा आएको छ । यसले इजरायलीहरूलाई रिसाउने निश्चित छ, जसले इरानले गरेको क्षेप्यास्त्र हमलापछि इरानमाथि आक्रमणको तयारी गरिरहेका छन्।
प्रतिक्रिया