टेस्लाको पूर्ण स्वचालित प्रणालीको गाडीले पैदल यात्रुको मृत्यु भए पछि अनुसन्धानको घेरामा, सूर्य कम हुने ,कुहिरो र धुलोमा दुर्घटना समस्या

इनेप्लिज २०८१ कार्तिक ४ गते १:२२ मा प्रकाशित

टेस्लाको पूर्ण स्वचालित प्रणालीको गाडीले पैदल यात्रुको मृत्यु भए पछि अनुसन्धानको घेरामा परेको छ ।

बिधुतिय कार निर्माता टेस्लाको “फुल सेल्फ-ड्राइभिङ” अर्थात् पूर्ण स्वचालित प्रणाली सवारी साधन घातक दुर्घटनासँग जोडिएको हुनाले टेस्लाले संघीय नियामकहरूले छानबिनको सामना गरिरहेको सिबिएसन्यूजले जनाएको छ ।

अमेरिकाको राष्ट्रिय राजमार्ग सुरक्षा प्रशासन (नेशनल हाइवे सेफ्टी एडमिनिस्ट्रेशन -एनएचटिएसए) का कागजातहरूमा जनाए अनुसार टेस्लाले चारवटा दुर्घटनाहरू विवरण पेश गरेपछि गत बिहीबार देखि अनुसन्धान खोलेको छ । जसमा एक पैदल यात्रीको मृत्यु भएको थियो । टेस्ला गाडीहरू सूर्यको चमक, कुहिरो र हावाको धुलो लगायत कम दृश्यता भएका क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएको उल्लेख गरिएको छ ।

एनएचटिएसएका अनुसार पैदल यात्रुको मृत्युको अतिरिक्त अर्को दुर्घटनामा एक चोट लागेको थियो । २०२३ को नोभेम्बरमा एरिजोनाको रिमरकमा २०२१ टेस्ला मोडल वाईको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको थियो। रिमरक ​​फिनिक्सबाट १०० माईल (१६१ किलोमिटर) उत्तरमा छ।

एरिजोना सार्वजनिक सुरक्षा विभागले एक विज्ञप्तिमा उल्लेख गरे अनुसार नोभेम्बर २७ मा साँझ ५ बजे पछि भएको थियो। त्यस्तै टेस्लाको ठक्करबाट एरिजोनाको मेसाकी ७१ वर्षीया महिलालाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

गत हप्ता टेस्लाले हलिउड स्टुडियोमा बिना हाते बिड तथा बिना खुट्टाले चलाउने पाउदान( स्टेयरिङ ह्वील वा पेडल बिना ) पूर्ण स्वतन्त्र रोबोटट्याक्सी अनावरण गर्न एउटा कार्यक्रम आयोजना गरेको थियो ।

प्रमुख कार्यकारी अधिकारी (सीईओ )इलन मस्कले कम्पनीले अर्को वर्ष मानव चालकविना पूर्ण रूपमा स्वायत्त सवारी साधन चलाउने र सन् २०२६ मा रोबोटट्याक्सी उपलब्ध गराउने योजना रहेको बताए।

टेस्लाले अर्को वर्ष टेक्सस र क्यालिफोर्नियामा रहेका लोकप्रिय नमुना ३ र नमुना वाई गाडीहरूमा पूर्ण स्वयम् हाक्न सकिने (सेल्फ-ड्राइभिङ)प्रविधि उपलब्ध गराउने अपेक्षा गरेको छ।

प्रतिक्रिया