अमेरिकाको चर्चित खुद्रा औषधी पसल सिभिएसको शेयरबजार घटे पछि प्रमुख कार्यकारी अधिकारी करेन लिन्चले राजीनामा दिएकी छिन् ।
सिबिएसन्यूजका सिभिएस हेल्थको बजार १९ % तल झरे पछि उनको बदलामा डेविड जोयनर प्रमुख भएका छन् ।
गत शुक्रबार लिन्चले फेरि एक पटक आफ्नो आय वाल स्ट्रीटको पूर्वानुमान भन्दा कम हुने चेतावनी दिए पछि राजीनामा गरेकी हुन्। लिन्चलाई सिभिएसकै डेभिड जोयनरले प्रतिस्थापित गर्ने भएका छन् ।
सिभिएसले गत अगस्तमा तेस्रो पटक आफ्नो वित्तीय अपेक्षाहरू घटाएको थियो। गत शुक्रबार पनि तेस्रो त्रैमासिक आय अपेक्षाहरू भन्दा कम हुने जनाएको थियो । सिबिएसन्यूजका अनुसार शेयर बजारमा ६.२७ डलर अर्थात् ९.९ % घट्दै ५७.४० डलरमा पुग्यो । यो गिरावट यस वर्ष बजार शेयर पहिले नै १९ % घटेको थियो।
यस महिनाको सुरुमा सिभिएसले लागत घटाउन २,९०० कामदारहरू कटौती गर्ने योजना बनाएको थियो । नव नियुक्त प्रमुख जोयनर जो कम्पनीको समितिमा पनि सामेल हुनेछन।
उनि सिभिएस हेल्थको कार्यकारी उपाध्यक्ष र सिभिएस केयरमार्कको अध्यक्षको रूपमा सेवा गरेका छन्।
उनिसँग ३७ वर्षको स्वास्थ्य सेवा र फार्मेसी(औषधालय) लाभ व्यवस्थापन अनुभव छ। साथै सिभिएस हेल्थले शुक्रबार अध्यक्ष रोजर फराह अब कार्यकारी अध्यक्ष हुने घोषणा गरेको छ।
प्रतिक्रिया