ट्रम्पको २०२० को चुनावी हस्तक्षेप मुद्दामा न्यायाधीशले अभिलेख र प्रमाणहरू शुक्रबार सार्वजनिक गर्ने

इनेप्लिज २०८१ कार्तिक २ गते ११:२३ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२० को चुनावी हस्तक्षेप मुद्दामा न्यायाधीशले अभिलेख र प्रमाणहरू शुक्रबार सार्वजनिक गर्ने भएका छन् ।

न्यायाधीश तान्या चुटकनले बिहीबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२० चुनाव हस्तक्षेप मुद्दामा अदालतको अभिलेख र प्रदर्शनीहरू सार्वजनिक(अनसिल गर्ने) गर्ने कार्यलाई चुनाव पछि ढिलाइ गर्न गरेको अनुरोधलाई अस्वीकार गरेकी छिन् ।

र ,अदालतले सरकारले पेश गरेको प्रमाण शुक्रबार जारी गर्ने बताएकी छिन । उनको पाँच पृष्ठको आदेशमा “आपराधिक अदालतको कारवाहीका सबै पक्षहरूमा” सार्वजनिक पहुँच हुनुपर्दछ भन्ने उनको धारणा रहेको थियो। ट्रम्पले सामग्री बन्द (सील)मा रहनुपर्ने दाबी गर्दै कुनै पनि सम्बन्धित तर्क पेश नगरेको सिबिएसन्यूजले समाचारमा उल्लेख गरेको छ। ट्रम्पका वकिलहरूले यसलाई अर्को महिनाको लागि सम्म बन्द (सील)मा राख्दा हित हुने तर्क राखेका थिए ।

विशेष सल्लाहकार ज्याक स्मिथले यस महिनाको सुरुमा पेस गरेको परिशिष्ट र संक्षिप्तलाई सार्वजनिक रूपमा उपलब्ध गराउने वा होइन भन्ने निर्णय गर्ने जिम्मा उनलाई दिइएको थियो, तर केही जानकारी गोप्य राखिएको थियो।

प्रतिक्रिया