अमेरिकाभरि प्रारम्भिक मतदान सुरु हुने बित्तिकै करिब ९० लाखले मतदान गरे

इनेप्लिज २०८१ कार्तिक २ गते १०:४३ मा प्रकाशित

अमेरिकाभरि प्रारम्भिक मतदान सुरु हुने बित्तिकै करिब ९ मिलियन अर्थात् ९० लाखले मतदान गरेका छन् ।

आधा भन्दा बढी राज्यहरूले मतदाताहरूलाई चाँडै मतदान गर्ने मौका दिएकोले ९० लाखले अग्रिम रुपमा गोप्य मतदान गरेका छन्। अमेरिकामा अग्रिम रुपमा मतदान गर्ने पाइने हुनाले समय व्यवस्थापन गर्दै मतदान हाल्ने काम प्रारम्भ गरेका छन् ।

प्रारम्भिक मतदान अमेरिकाको जर्जिया राज्यमा गत मंगलबार सुरु भएको छ । नयाँ चुनाव नियमहरू लगाउने लगायत अत्यन्तै प्रतिश्प्रद्धा देखिएकोले युद्धभूमि (स्विंग )राज्यले जसलाई मतदान दिएको उसैले बाजी मार्नेछन् । अहिले सम्मको अन्तिम मतसर्वेक्षणमा पनि उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच अत्यन्तै कडा प्रतिस्प्रद्धा देखिएको छ ।

चुनाव हुन् करिव दुई हप्ता भन्दा केही दिन बाँकी समय रहेकोले धेरै राज्यहरूमा मुख्य रणभूमि चुनाव राज्यहरुमा मतदाताहरूले प्रारम्भिक रुपमा आफ्नो मत हालेका छन्।

युनिभर्सिटी अफ फ्लोरिडाको इलेक्शन ल्याबको तथ्यांक अनुसार अक्टोबर १७ सम्म ८.८ मिलियन( करिव ९ मिलियन -९० लाख) भन्दा बढी मानिसहरूले चाँडै मतदान गरेका छन्।

चुनावी तथ्याङ्कका अनुसार चाँडै आफ्नो मत हाल्ने मतदाताहरूको संख्या लगातार बढेको छ । पहिलो पटक २०२० को चुनावमा चुनावी दिनको मतदानलाई उछिनेको छ।

केही राज्यहरूले अनुपस्थित मतदाता(एबसेन्टी) हरूलाई आफ्नो कागजी मतपत्र स्वीकृत स्थान वा निर्वाचन कार्यालयमा नोभेम्बर ५ अघि व्यक्तिगत रूपमा छोड्न अनुमति दिएको छ ।

प्रतिक्रिया