अमेरिकाद्वारा २ सुडानी दाजुभाइलाई साइबर आक्रमणको साथै गिरोह चलाएको अभियोगको खुलासा, बिदेशी भूमिमा दुवै पक्राउ

इनेप्लिज २०८१ कार्तिक १ गते ०:२३ मा प्रकाशित

अमेरिकाले २ सुडानी दाजुभाइलाई साइबर((साङ्गणिक) आक्रमणको साथै गिरोह चलाएको अभियोगको खुलासा गरेको छ ।

संघीय निर्णायक मण्डल(ग्रान्ड जूरी)ले बुधवार दुई सुडानी दाजुभाइहरू विरुद्धको अभियोग खोलेको छ । उनीहरूलाई “अज्ञात सुडान” नामक साइबर गिरोह चलाएको अभियोग लगाइएको सिबिएसन्यूजले जनाएको छ। अहिले सम्म कै सबैभन्दा कुख्यात साइबर (साङ्गणिक)आक्रमण गर्ने गिरोहको साथै भाडामा भर्ना समेत गर्ने गिरोहहरू मध्ये एक हो। अमेरिकाले उनीहरुलाई कथित रूपमा हजारौं आक्रमणहरू गरेको अभियोग लगाएको छ ।

संघीय अभियोजकहरूका अनुसार २२ बर्षिय अहमद सलाह युसुफ ओमेर,र २७ बर्षिय अला सलाह युसुफ ओमेरलाई एक वर्षको अवधिमा सयौं संगठनहरू विरुद्ध ३५,००० भन्दा ज्यादा आक्रमण ,फिरौती माग्ने र संजालस्थल( वेबसाइट)हरू र अन्य संजाल (नेटवर्क)हरूमा आक्रमण गरेको अभियोग लगाईएको छ ।

अभियोजकहरूका अनुसार दाजुभाइले माइक्रोसफ्ट, च्याटजीपीटी, पेपैल, एक्स, याहू, बिमानस्थलहरु, पेन्टागन, न्याय विभाग, अलाबामाको राज्य सरकार लगायत विश्वभर र अमेरिकाभरि उच्च व्यक्तित्वहरूको लामो सूचीलाई लक्षित गरेका थिए।

अमेरिकी वकिल मार्टिन एस्ट्राडाले बुधबार एक पत्रकार सम्मेलनमा भने ,उनीहरुले दशौं हजार साइबर आक्रमणहरू गरेर विश्वभरका सरकारहरू र व्यवसायहरू विरुद्ध अधिकतम विनाश गर्न खोजे । यो समूहका आक्रमणहरू निर्दयी र निर्लज्ज थिए । बिरामीहरूलाई आपतकालीन र तत्काल हेरचाह प्रदान गर्ने अस्पतालहरूमा आक्रमण गरेको उनले बताए ।

समूहले नेदरल्यान्ड्स, बहराइन, संयुक्त अरब इमिरेट्स, चाड, इजरायल र युकेका सरकारी र निजी संस्थाहरूलाई पनि निशाना बनाएको थियो। अहमद सलाहलाई क्षति पुर्‍याउने तीनवटा आरोप लगाइएको छ ।

अभियोग अनुसार यदि सबै आरोपमा दोषी ठहरियो भने अहमद सलाहलाई अस्पतालमा भएको आक्रमणको सम्बन्धमा आजीवन कारावासको अधिकतम सजाय हुनेछ। जसले बिरामीहरूको जीवनलाई खतरामा परेका थिए । अला सलाहलाई दोषी प्रमाणित भएमा अधिकतम पाँच वर्षको सजाय हुनेछ।

गत फेब्रुअरीमा सेडार्स-सिनाई अस्पतालमा अज्ञात सुडानको आक्रमणले अस्थायी रूपमा आपतकालीन सेवाहरू बन्द गर्यो। जसले गर्दा आउने बिरामीहरूलाई अन्य चिकित्सा सुविधाहरूमा लगभग आठ घण्टाको लागि पठाईएको थियो।

अभियोग अनुसार समूहले अमेरिकामा पीडितहरूलाई १० मिलियन भन्दा बढी क्षति पुर्याएका थिए । एफबीआईले गिरोहको शक्तिशाली डिडिओएस उपकरण कब्जा गर्न सफल भएको र उनीहरुको आक्रमणलाई सफलतापूर्वक असक्षम परेको छ ।

एस्ट्राडाका अनुसार दुबै दाजुभाइहरूलाई गत मार्चमा विदेशमा पक्राउ गरिएको थियो। त्यसबेलादेखि उनीहरु दुवै हिरासतमा राखिएको छ । अमेरिकी वकिलले उनीहरूलाई पक्राउ गर्ने देश नाम वा सम्भावित सुपुर्दगीको बारेमा टिप्पणी गर्न अस्वीकार गरेको सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया