अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामा बाल्टिमोरको सिएफजी बैंकको मन्चमा गत मंगलबार आफ्नो भ्रमणको क्रममा गायक तथा गीतकार स्टीभी वन्डरको कार्यक्रमको सामेल भए।
ओवामा जोडी कमला ह्यारिसलाई समर्थन गर्दै चुनावमा सहयोग गर्ने क्रममा उनिहरु बाल्टीमोर पुगेका हुन ।
उनिहरु अन्य केही राज्यहरुमा समेत चुनावी प्रचार प्रसारमा जाने कार्यक्रम रहेको छ ।
ओबामाले यसअघि राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका थिए। गत हप्ता उनले पिट्सबर्गमा कमला ह्यारिस अभियान कार्यालयका कर्मचारीहरूलाई चकित पारेका थिए ।
गत अगस्तमा पनि डेमोक्रयाटिक राष्ट्रिय अधिवेशनमा पनि वन्डरले गीतहरु प्रस्तुत गरेका थिए ।
वन्डरले २५ ग्रामी अवार्ड(पुरस्कार) जितेका छन्। वन्डरले आई जस्ट कल्ड टु से आई लभ यू,आई विश,सर ड्यूक,हायर ग्राउन्ड, इजन्ट शी लभली लगायतका धेरै चर्चित तथा कालजयी गीत गाएका छन् ।
प्रतिक्रिया