अमेरिकाको मिसिगन राज्यको एक शहरमा ग्यास चुवाहट भएको भन्दै नक्कली परिचयपत्र देखाई घर प्रवेशगरि आक्रमण गर्दा एक व्यक्तिको छिडीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा दुई जना आएका थिए भने उनीहरुलाई पक्राउ गरिएको एबिसीन्यूजले जनाएको छ ।
शेरिफले अनुसार हत्या लक्षित भएको विश्वास गरिएको बताए । मिशिगन राज्यको एक घर आक्रमण गर्ने दुई संदिग्धहरूलाई पक्राउ गरिएको छ ।
ओकल्यान्ड काउन्टी शेरिफको कार्यालयका अनुसार हत्याको आरोपमा ३७ बर्षिय कार्लोस जोस हर्नान्डेज शनिबार पक्राउ गरिएको थियो। उनीमाथि हत्याको आरोप लगाइएको छ र प्रहरी अधिकारीहरूले लुजीयानाबाट उनको सुपुर्दगी खोजिरहेको एबिसीन्यूजमा उल्लेख गरिएको छ ।
शेरिफको कार्यालयले बताए अनुसार सोमबार दोस्रो संदिग्धलाई पनि पक्राउ गरिएको छ भने उनको पहिचान सार्वजनिक गरिएको छैन । शेरिफको कार्यालयका अनुसार प्लाइमाउथ उपनगर (टाउनशिप) मिशिगनमा उनलाई समाते पछि उनलाई कुनै घटना बिना नै पक्राउ गरिएको थियो।
शेरिफको कार्यालयका अनुसार एक ७२ वर्षीय पुरुष आफ्नो रोचेस्टर हिल्सको घरको छिड़ीमा शुक्रबार गत मृत फेला परेका थिए। ९११ मा खबर गरेकी उनकी श्रीमतीलाई हात बाधेका थिए । मृतक हुसेन मुर्रेको हत्या कसरी भयो भन्ने अझै स्पष्ट भै नसकेको एबिसीन्यूजले जनाएको छ ।
रोचेस्टर हिल्स हत्याका संदिग्ध ३७ वर्षीय कार्लोस जोस हर्नान्डेजलाई अन्य आरोपहरू सहित हत्याको आरोप लगाइएको छ। “चोटहरूको डरलाग्दो प्रकृतिको कारणले गर्दा उनलाई गोली हानेर मारिएको हो कि भनेर अहिले सम्म स्पष्ट हुन सकेको छैन,” शेरिफ विभागद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ ।
महिलाले प्रहरी अधिकारीहरूलाई आक्रमणको अघिल्लो रात दुई संदिग्धहरूले ग्यास चुहावट भन्दै घरमा आएका थिए तर उनीहरूलाई भित्र जान नदिएको बताइन ।
उनीहरू शुक्रबार फेरि आए पछि उनीहरुलाई भित्र जान दिइएको थियो । उनका पति श्रीमान् उनीहरूसँगै छिडी (बेसमेन्ट)मा गएको शेरिफ विभागले जनाएको छ ।
श्रीमान विना उनीहरु माथिल्लो तला फर्किएपछि उनीहरूले पत्नीलाई बाँधे र हातमा टेप लगाएको महिलाले भनिन्। उनले श्रीमानलाई पछि बाहिर आएको देखिनन् र उनी अपहरणमा परेको अनुमान गरिन ।
शेरिफको विभागले जारी गरेको सुरक्षा अङ्कीयचित्रक (क्यामेरा ) श्रब्य दृश्य(भिडियो)मा गिरफ्तार गरिएका संदिग्धलाई उपयोगिता (युटिलिटी)का कर्मचारीको पोशाक र मुखावरण (मास्क) लगाएको क्लिपबोर्ड (खीप पाटी) समातेको देख्न सकिन्छ। प्रहरीले श्रब्यदृश्य तथा तस्बिरहरु समेत सार्वजनिक गरेको छ ।
“हामी डिटिई का हौं। हामी ग्यास चुहावटको लागि जाँच गर्दैछौं,” उक्त व्यक्तिले मिशिगनस्थित ऊर्जा कम्पनीको नाम दिँदै यसो भन्दै गरेको सुनिन सकिन्छ।
घटना पछि एक विज्ञप्तिमा डिटिइले ग्राहकहरूलाईको लागी सतर्क हुन आग्रह गरेको छ । मुर्रे गरगहना र बन्धक/धरौटी /धितो पसलका संचालक हुन् ।
प्रतिक्रिया