न्युजर्सीमा रेलगाडी दुर्घटना हुदा रेल चालकको मृत्यु भएको छ ।
सिविएसन्यूजका अनुसार बर्लिंगटन काउन्टी स्थित एक नदीमा दुर्घटना पछि ट्रेन अपरेटर( रेल चालक)को मृत्यु भएको हो।
सोमबार बिहान रिभर लाइन रेलले म्यानफिल्ड टाउनशिप( उपनगर)बर्लिङटन काउन्टीमा रेलको लिकमा खसेको रूखलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
न्यु जर्सी पारवाहनको अनुसार रेल ट्रेन्टनबाट दक्षिणतर्फ जाँदै गर्दा बिहान ६ बजेपछि रोब्लिङ स्टेशन( चौकी)को उत्तरमा रुखमा ठोक्किएको थियो।
रेल अधिकारीहरूले बिहान भरि रेलमा सवार यात्रुहरू र घाइतेहरूको कुल संख्या अध्यावधिक गरिरहेका छन्।
बिहान ९ बजेसम्म एनजे ट्रान्जिटले दुर्घटनाको समयमा ४२ जना व्यक्तिहरू सवार थिए ।
ती सवारहरूमध्ये २३ जनालाई साधारण चोटपटक लागेको बताए। रेलमा सवार बाँकी १९ यात्रुलाई घटनास्थलबाट यात्रीयान( वस)मा सारिएको थियो ।
न्यू जर्सीका गभर्नर फिल मर्फीले उनलाई दुर्घटनाको बारेमा जानकारी गराईएको बताए ।
प्रतिक्रिया