इजरायलले लेबनानको हेजबुल्लाह लक्ष्यहरूमा २०० भन्दा ज्यादा आक्रमण गरेको दाबी

इनेप्लिज २०८१ असोज २८ गते ११:२९ मा प्रकाशित

इजरायल डिफेन्स फोर्स(रक्षाबल )ले सोमबार आफ्नो युद्धक विमानहरूले दक्षिणी लेबनानमा इरानी-समर्थित समूह विरुद्ध जारी अपरेसनमा लगभग २०० भन्दा ज्यादा “हेजबुल्लाह आतंककारी लक्ष्यहरू” लाई निशाना बनाएको बताएको छ।

आइडिएफले क्षेप्यास्त्र प्रक्षेपण चौकीहरू, आतंकवादी पूर्वाधार र हतियार भण्डारण सुविधाहरूलाई लक्षित बनाएको जनाएको छ । यस बीचमा स्थल सेनाले आफ्नो जारी सीमापार घुसपैठमा नजीकको मुठभेड र हवाई हमलामा दर्जनौं आतंककारीहरूलाई मारेको बताएको छ ।

आइडिएफले अझै पनि सिमाना नजिकैको दक्षिणी क्षेत्रहरूमा “सीमित, स्थानीयकृत, लक्षित छापाहरू” समावेश गरी आफ्नो भूमिगत कारवाही संचालन गरि रहेको जनाएको छ ।

यद्यपि, दक्षिणी लेबनानमा हवाई आक्रमण जारी छ। लगभग एक चौथाई लेबनानी क्षेत्र आइडिएफको निकासी आदेश अन्तर्गत छन् । लगभग १२ लाख नागरिकहरू विस्थापित भएको बेरुतको सरकारले बताएको छ ।

त्यस्तै इजरायलले युएनआरडब्लुए विद्यालयमा गरेको आक्रमणमा २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालयलाई नुसेरात शिविरमा विस्थापित मानिसहरूलाई आश्रय दिन प्रयोग गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । गत आइतबार त्यहा बम विष्फोट भएको थियो ।

विद्यालयलाई गाजा पोलियो खोप अभियानको नियोजित दोस्रो चरणमा प्रयोगको लागि छुट्याइएको थियो, जुन आज सोमबार सुरु हुने थियो।

प्रतिक्रिया