अध्यावधिक गरिएको : फ्लोरिडामा समुन्द्री आंधी मिल्टनको कारण अत्यधिक क्षति ,३६ वटा घुम्रपात (टोर्नाडो)को साथै ३०लाख मानिसहरु अन्धकारमा

इनेप्लिज २०८१ असोज २४ गते ११:१५ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडा राज्यमा समुन्द्री आंधी मिल्टन गत बुधबार राती सिएस्टा की नामक शहरमा वर्ग ३ आंधीको रुपमा जमिनमा झर्यो । त्यस पछि वर्ग ३ बाट कम्जोर हुँदै वर्ग १ मा झरेको छ ।

अमेरिकाको फ्लोरिडा राज्यमा आएको समुन्द्री आंधी मिल्टनको कारण अत्यधिक क्षति पुर्याएको छ भने ३६ वटा घुम्रपात (टोर्नाडो)आएको एबिसीन्यूजले जनाएको छ । साथै ३० लाख मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् । उक्त क्षेत्रमा ३ देखि ५ फित सम्म समुन्द्री छाल आएको छ ।

गत बुधबार मात्रै कम्तिमा ३६ वटा घुम्रपात आएको र दक्षिण फ्लोरिडामा १३३ वटा घुम्रपात (टोर्नाडो )चेतावनी जारी गरिएको थियो। फ्लोरिडाको पूर्वी तटमा रहेको डेटोना समुन्द्रीतट (बीच)मा ८ इन्चभन्दा बढी वर्षाले रातभरि डुबाएको छ । बिहीबार बिहान अचानक बाढी निम्त्याएको सिएनएनले उल्लेख गरेको छ ।

अहिले पनि डेटोना समुन्द्रीतट देखि केप क्यानाभेरलसम्म बाढी र बेजोड हावा चलिरहेको छ। समुद्री आँधी मिल्टन फ्लोरिडाको जमिनमा आए पछि अब श्रेणी १ को आँधीको रूपमा एट्लान्टिक महासागरमा प्रवेश गरिरहेको छ।

फ्लोरिडामा राज्यमा ३० लाख भन्दा बढी ग्राहकहरू बिद्युतबिच्छेदमा परेका छन् । अहिलेसम्म सबैभन्दा बढी प्रभावित समुदायहरू ट्याम्पा खाडी क्षेत्रका रहेका छन्। हार्डी काउन्टीमा ९७ % ग्राहकहरू बिजुलीबाट बन्चित भएका छन् मानटी काउन्टीमा ८५ % ग्राहकहरू पनि बिद्युत बिच्छेदको प्रभावमा परेका छन् ।

के कति क्षति भयो भन्ने बारे अहिले अस्पष्ट रहेको छ । पिनेलास काउन्टीका केही बासिन्दाहरूलाई आँधी मिल्टनको कारण बाढीको पानीबाट उनीहरूको कम्मर भन्दा माथि सम्म पुगेको अवस्थाबाट उनीहरुलाई गरिएको थियो।

सेन्ट पिटर्सबर्ग, फ्लोरिडाका शहरका अधिकारीहरूले पानीका नली फुटे पछि शहरभर पिउने पानी सेवा बन्द गरिएको छ।

प्रतिक्रिया