इजरायल रक्षा बल(आइडीएफ)का लडाकू विमानहरूले बेरुतमा हेजबुल्लाह गुप्तचर मुख्यालयमा आक्रमण गरेको बताएको छ ।
लडाकु विमानहरूले भर्खरै बेरुत क्षेत्रमा संगठनको हतियार गोदामहरूमा आक्रमण गरेको आईडिएफले जनाएको छ । आइडीएफले बेरुत शहरमा ठूलो विस्फोट भएपछि शहर खाली गर्न आदेश दिएको छ ।
आक्रमणहरू शहरमा जारी रहेकोले इजरायल रक्षाबलले बेरुतमा थप खाली गर्न आदेश दिएको हो । बुर्ज अल-बाराज्नेह र हदाथ बेरुतको दक्षिणी उपनगरका बासिन्दाहरूलाई खाली गर्न आग्रह गरिएको छ।
“तपाईहरुको सुरक्षा र तपाईहरुको परिवारका सदस्यहरूको सुरक्षाको लागि, तपाईहरुले यी भवन र यसको छेउछाउका भवनहरू तुरुन्त खाली गर्नुपर्दछ र ५०० मिटर भन्दा कमको दूरीमा यसबाट टाढा रहनुपर्दछ,” आइडिएफद्वारा आइतवार जारी गरिएको एक आपतकालीन सन्देशमा उक्त कुरा जनाएको छ ।
यसै बीच इजरायलका प्रधानमन्त्री नेतन्याहुले देशको उत्तरी सिमानाको भ्रमण गरे र लेबनानमा जमिन कारवाहीनमा भाग लिइरहेका सेनाहरूसँग कुरा गरे।
त्यस्तै इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले आगामी बुधबार अमेरिकी रक्षा सचिव लोयड अस्टिनसँग भेट गर्न वाशिंगटन आउने कार्यक्रम रहेको छ।
इरानी अधिकारीहरूले सोमबार बिहानसम्म देशका बिमानस्थलहरूबाट सबै व्यावसायिक उडानहरू रद्ध गरेका छन् ।
प्रतिक्रिया