नेपाल आईडल करण परियारको गायन र अभिनयमा पहिलो म्यूजिक भिडियो ,उनकै यूट्यूब च्यानलबाट अक्टोवर १ तारिख रिलिज हुँदै

इनेप्लिज २०८१ असोज ७ गते २३:४७ मा प्रकाशित

न्यू योर्क/काठमाण्डू- चर्चित युवा गायक, नेपाल आईडल सिजन-५ विजेता करण परियारले पहिलो पटक म्यूजिक भिडियोमा मुख्य पात्र मोडल बनेर अभिनय गरेकाछन्।

करण परियारले गायनकासाथै पहिलो पटक अभिनय गरेको म्यूजिक भिडियो अमेरिकामा रहेका करणका सुभचिन्तकहरूले प्रायोजन गरेका हुन् भने करणकै सर्वाधिकार रहने गरी करण परियार यूट्यूब च्यानलबाट यहीं अक्टोवर १ तारिख सार्वजनिक गर्ने तयारी गरिएको कुरा अमेरिका संयोजक शशी सिंहले जानकारी गराएका छन्।

प्रसिद्ध संगीतकार संगीतरत्न संगीतकार शम्भूजित बास्कोटाले प्रदीप परियार थापाको रचना “तिम्रै आँखाबाट संसार हेर्ने मन छ” मा सुमधुर संगीत भर्नु भएको छ भने करण परियार र सोह्र वर्षीय किशोरी गायिका जारा रीत प्रसाईको युगल स्वर रहेको छ। जारा वरिष्ठ संगीतकार बास्कोटाकी नातिनी हुन्।

म्यूजिक भिडियोमा गायक करणकासाथ चर्चित बहिरा कलाकार मोडल, नायिका सुजल बम र गायिका, मोडल एवं अन्तर्राष्ट्रीय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालको अभिनय रहेकोछ। म्यूजिक भिडियोको निर्देशन चर्चित कोरियोग्राफ़र मौसम हिमालीको रहेको छ।

प्रतिक्रिया