अमेरिकामा एनओएले यसरी भव्यताको साथ मनायो १२ औ येन्या पुन्ही (इन्द्र जात्रा),मेरिल्याण्डका सांसद तथा स्थानीय अधिकारीहरुको उपस्थिति

इनेप्लिज २०८१ असोज ७ गते १:२३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा २३ बर्ष अगाडी नेवा समुदायद्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले १२ औ येन्या पुन्ही (इन्द्र जात्रा) भव्यताको साथ मनाएको छ ।

नेपाल बाहिर सिक्किम पछि सबै भन्दा पहिलो पटक अमेरिकामा निर्माण गरिएको कुमारीको रथ सहितको यात्रा उत्सवगत सेप्टेम्बर २१ ,शनिबारका दिन मेरिल्याण्डमा येन्या पुन्ही (इन्द्र जात्रा)अत्यन्तै हर्षउल्लास साथ मनाउन सफल भएको छ ।

काठमाडौँ उपत्यकाको जस्तै अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथ तानियो । कार्यक्रममा संस्थाका अध्यक्ष महिन्द्र प्रधानले सबैलाई स्वागत गरेका थिए ।

इन्द्र जात्रामा उपस्थित भएका मेरिल्याण्ड राज्यका ३ जना संसदहरुमा क्रमस सराह एस वोलेक ,विलियम ग्रेगरी विम्स तथा ह्यारी भण्डारीले शुभकामना दिनुको साथै एनओएलाई सयुक्त रुपमा सम्मान गरेका थिए ।

साथै उक्त जात्रामा राज्यकी सामुदायिक अधिकारी क्रिस्टिना पोइ ,मोन्टगोमेरी काउन्टीकी केट चान्सले पनि सम्मान गर्नुको साथै छोटो मन्तब्य राखेकी थिइन् । त्यस्तै गरि मेरिल्याण्ड राज्यको तर्फबाट दक्षिण एसियाली अमेरिकिन मामला सम्बन्धी गभर्नरका आयोगका आयुक्त नेपाली मूलका बिशाल भण्डारीको समेत उपस्थिति रहेको थियो भने उनलाई एनओएले परिचय गराएको थियो ।

येन्या पुन्ही (इन्द्र जात्रा)को बारेमा नेवा समुदायका पण्डित वासव राजोपाध्यायले प्रकाश परेका थिए । त्यस्तै कुमारी नृत्य दीपिका राजभण्डारीले प्रस्तुत गरेकी थिइन् । त्यस पछि इन्द्र जात्राको नाटक प्रस्तुत गरिएको थियो । यसमा अधिकांश अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले प्रस्तुत गरेका थिए । त्यस्तै माकाचा नृत्य पनि दोश्रो पुस्ताले नै प्रस्तुति गरेका थिए ।

नृत्य पछि कुमारी रथ तानिएको थियो । यस पटक वोन्जला प्रजापति कुमारी बनेकी थिइन् । लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य प्रस्तुत गरिएको थियो । रथ ताने पछि येन्या पुन्हीमा नेवा समुदायको परम्परागत भोज समय बजी अतिथिहरुलाई निशुल्क खुवाइएको थियो । इन्द्र जात्रा मेरिल्याण्ड राज्यको ब्लाक हिल क्षेत्रीय उद्यान( ब्लाकहिल रिजनल पार्क)मा आयोजना गरिएको थियो । कार्यक्रम १२ बजे देखि साँझ ५ :३० बजे सम्म चलेको थियो ।

पटक पटक कार्यक्रम चल्दै गर्दा प्रायोजकहरुलाई बिशेष धन्यबाद दिईएको थियो । अन्त्यमा त्यहाँ सजाईएको समयवजीलाई प्रसादको रुपमा सहभागी भएकालाई वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया