लेबनानबाट इजरायलमा रातभरि १०० भन्दा बढी क्षेप्यास्त्र प्रक्षेपण गरिएको इजरायली सेनाले जनाएको छ। करिब ८५ वटा स्थानीय समय अनुसार बिहान ६:३० बजे प्रहार गरिएको र करिब ९० मिनेट अगाडि करिब २० वटा क्षेप्यास्त्र प्रहार गरिएको सेनाले बताएको छ ।
इजरायल रक्षाबलका अनुसार केही क्षेप्यास्त्रहरू रोकिएका थिए । क्षेप्यास्त्रहरु किर्याट बियालिक, त्सुर शालोम र मोरेशेटका क्षेत्रमा खसेका थिए । इजरायली संचार माध्यमहरुले उत्तरी सहर किरियत बियालिकको सडकको कुनामा सवारी साधनहरुमा आगो लागेको देखाएका छन् ।
पछिल्लो ४८ घण्टामा इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाहबीच अक्टोबर ७ यताकै सबैभन्दा तीव्र आक्रमण आदानप्रदान भएको छ । हेजबुल्लाहले आइतबार बिहान उत्तरी इजरायलमा प्रक्षेपास्त्र प्रहार गरेको छ।
शनिबार, इजरायलले लगभग ३०० वटा क्षेप्यास्त्रहरू हेजबुल्लाहको गढमा लक्ष्यहरू प्रहार गरेको थियो । लेबनानको आधिकारिक समाचार सँस्थाले दक्षिणी लेबनानका गाउँहरूमा ६० वटा हमला भएको बताएको छ।
हेजबुल्लाहले रातभरि आक्रमण गर्दा रामत डेभिड एयर बेस(सैन्यआधार)लाई निशाना बनाएको बताएको छ। त्यस्तै हेजबुल्लाहले उत्तरी इजरायलको हाइफा क्षेत्रमा रहेको इजरायली सैन्य प्रविधि प्रतिष्ठान (टेक्नोलोजी कम्पनी) राफेललाई पनि निशाना बनाएको छ।
दक्षिणी बेरुतमा इजरायली हमलाबाट मृत्यु हुनेको संख्या हेजबुल्लाह सेनापति सहित ४५ पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले आइतवार बताएको छ ।
प्रतिक्रिया