गाजा स्वास्थ्य मन्त्रालयद्वारा ३४,३०० भन्दा बढी मारिएका व्यक्तिहरूको पहिचान,६४९ पृष्ठको दस्तावेज प्रकाशित

इनेप्लिज २०८१ असोज १ गते ११:१८ मा प्रकाशित

गाजा स्वास्थ्य मन्त्रालयले ३४,३०० भन्दा बढी मारिएका व्यक्तिहरूको पहिचान गरेको जनाएको छ ।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ र अगस्त ३१, २०२४ को बीचमा गाजा भूभागमा मारिएका ३४,३४४ व्यक्तिहरूको पहिचान गरिएको ६४९ पृष्ठको दस्तावेज प्रकाशित गरेको छ।

कागजातमा मारिएका प्रत्येक व्यक्तिको नाम, उमेर, लिङ्ग र पहिचान संख्या समेत समावेश छ। कागजातको पहिलो तेह्र पृष्ठहरूमा १ वर्ष मुनिका व्यक्तिहरूको नाम समावेश गरिएको छ ।

कागजातमा स्वास्थ्य मन्त्रालयले पहिचान गर्न सकेको व्यक्तिहरूको नाम मात्र समावेश गरेको बताएको छ ।

प्रतिक्रिया