अद्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नजिकै गोली हान्ने संदिग्धबाट एके-४७ सहित उनलाई पक्राउ गरिएको छ ।
फ्लोरिडाको वेस्ट पाम बीच(शहर)मा रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ क्लबमा पूर्व राष्ट्रपति ट्रम्प नजिकै गोली हानेपछि हिरासतमा लिइएका व्यक्ति शान्त रहेको मार्टिन काउन्टी शेरिफ विलियम डी. स्नाइडरले आइतबार बताए ।
फ्लोरिडाको वेस्ट पाम बिचमा रहेको ट्रम्पको चुनावी कार्यालयमा आइतबार दिउसो उनको गल्फ मैदानमा गोली प्रहार भएपछि तालाबन्दीमा गरिएको थियो ।
पाम बीच काउन्टी शेरिफ रिक ब्राडशाका अनुसार संदिग्ध व्यक्तिले कथित हत्या प्रयासमा आफ्नो संलग्नताको बारेमा कुनै बयान दिएको छैन ।
अधिकारीहरूले संदिग्धको नाम भने खुलाएका छैनन्। थप अनुसन्धान पूरा गर्न बाँकी रहेको ब्राडशाले भने।
प्रहरीहरुले एउटा एके-४७ शैलीको राइफल, गोप्रो र पछाडी भिर्ने झोला (ब्याकप्याक)हरू फेला पारेको छ । सिएनएनका अनुसार उक्त गल्फ मैदान झाडीले घेरिएकोले संदिग्ध लुकेर बसेका थिए ।
प्रतिक्रिया