नेटोका सैन्य अध्यक्ष तथा अन्यले रुसमाथि आक्रमण गर्न युक्रेनले लामो दूरीका हतियार प्रयोग गरेकोमा समर्थन गरेका छन् ।
नेटोको सैन्य समितिका प्रमुखले युक्रेनको कानुनी र सैन्य अधिकार रहेको बताएका छन् । नेटोको सैन्य समितिका प्रमुखले शनिबार भने ,युक्रेनसँग लडाईमा फाइदा लिन रूस भित्र गहिरो प्रहार गर्ने ठोस कानुनी र सैन्य अधिकार छ। यद्यपि बाइडेन प्रशासनले कीभलाई अनुमति दिन अस्वीकार गरेता पनि उनले त्यस्तो तर्क दिएका हुन् ।
“प्रत्येक राष्ट्र जो आक्रमणमा परेको छ उसलाई आफ्नो रक्षा गर्ने अधिकार छ। र ,त्यो अधिकार तपाईको आफ्नै राष्ट्रको सिमानामा रोकिदैन, “समितिको वार्षिक बैठकको अन्त्यमा बोल्दै एडम रोब बावरले भने। संयुक्त सेनाका प्रमुखका अध्यक्ष अमेरिकी जनरल सीक्यू ब्राउन पनि उपस्थित थिए।
नेदरल्याण्ड्सका बावरले युक्रेनमा पठाउने हतियारमा सीमा तोक्ने सार्वभौम अधिकार राष्ट्रहरूसँग रहेको पनि बताए। तर, एक पत्रकार सम्मेलनमा चेक सशस्त्र बलका सहायक सैन्य प्रमुख रथी (लेफ्टिनेन्ट जनरल) कारेल रेहकाले आफ्नो राष्ट्रले कीभमा त्यस्ता हतियार प्रतिबन्धहरू नगर्ने स्पष्ट गरे।
“हामी विश्वास गर्छौं कि युक्रेनीहरूले यसलाई कसरी प्रयोग गर्ने भनेर आफैले निर्णय गर्नुपर्छ,” रेहकाले भने।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकाले उपलब्ध गराएको लामो दुरीका हतियारहरू रुसमा भित्री दूरीमा प्रहार गर्न अनुमति दिने कि नदिने भनेर विचार गरिरहेको बेला उनीहरूको टिप्पणी आएको हो।
बाइडेनले गत शुक्रबार बेलायती प्रधानमन्त्री केयर स्टाररसँग भेटे । यस हप्ताको उनीहरूको शीर्ष कूटनीतिज्ञहरूको कीभ भ्रमण पछि हतियार प्रतिबन्धहरू खुकुलो पार्न नयाँ दबाबमा आएका थिए। युक्रेनका लागि थप सहयोग र प्रशिक्षण प्रदान गर्ने नेटो प्रमुखहरूको बैठकमा मुख्य विषय थियो।
धेरै युरोपेली राष्ट्रहरूले युक्रेनलाई कडा समर्थन गरेको एबिसीन्यूजले जनाएको छ ।
अमेरिकाले युक्रेनलाई रुसी सेनाको आक्रमणको प्रतिकार गर्न सीमापार हमलामा अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिन्छ। तर यसले कीभलाई रुसको गहिराइमा एटिएसिएमएस जस्ता लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गर्न अनुमति दिँदैन। युक्रेनसँग धेरै टाढासम्म आक्रमण गर्न सक्ने मानवरहित यान (ड्रोन)हरू छन् ।
एटिएसिएमएस विवेकपूर्ण रूपमा प्रयोग गर्नुपर्छ किनभने तिनीहरूसँग सीमित संख्या मात्र छ भनी युक्रेनले तर्क गरेको छ।
प्रतिक्रिया