अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको मिसेस युएसए टुरिज्म २०२४ ( श्रीमती पर्यटन अमेरिका २०२४ )को प्रतियोगितामा नेपाली कलाकार राजश्री श्रेष्ठ मिसेस युएसए युनिभर्स २०२४ (श्रीमती अमेरिकी ब्रम्हाण्ड २०२४ )घोषित भएकी छिन । उनले उक्त उपाधि हासिल गरेकी छिन् ।
साथै उक्त प्रतियोगितामा उनले उत्कृष्ट मुस्कान २०२४ तथा २०२४ की युएसए पर्यटन मानव अधिकार सद्भावनादूत समेतमा बाजी मारेकी छिन् । उनलाई २०२४ की श्रीमती अमेरिकी ब्रम्हाण्ड २०२४ को उपाधी प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा सहभागी जनाउने उनि मात्र नेपाली मूलकी हुन् । डिसी क्षेत्र मै बसोबास गर्ने राजश्री श्रेष्ठ मिसेस वाशिंगटन डिसी २०२४ की बिजेता हुन् ।
उनिसंगै थुप्रै प्रतियोगीहरुले सहभागिता जनाउन अमेरिकाका बिभिन्न राज्यहरुबाट डिसी क्षेत्र आएका छन् । ताज पहिरन गर्न पाएकोमा हर्ष व्यक्त गर्दै सबै प्रति कृतज्ञता व्यक्त गरेकी छिन् ।
प्रतियोगिता गत सेप्टेम्बर १३ शुक्रबारका डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा आयोजना गरिएको थियो । उक्त प्रतियोगिता हेर्न उनका मातापिता,पति र छोरा ,केही आमन्त्रित शुभचिन्तक तथा नेपाली समुदायका सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सुन्दरी प्रतियोगिता झैँ भेषभूषाको प्रस्तुति ,परिचय तथा निर्णायकहरुले प्रश्न गरेका थिए । श्रेष्ठले हालसालै एक अमेरिकामा निर्मित बलिवुड चलचित्र मिराकलमा मुख्य भूमिकामा अभिनय समेत गरेकी छिन् ।
उनि कार्यक्रम प्रस्तोता ,नृत्य प्रशिक्षक र रेडियो कार्यकम प्रस्तोता समेत हुन् ।
प्रतिक्रिया