गत सेप्टेम्बर १० मंगलबारका दिन अमेरिकी राष्ट्रपतिको बहसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि २०२० को चुनाव हारेको मान्न अस्वीकार गरे । उनले सबैलाई अझै चकित पारि दिए । ४ बर्ष पछि बिति सक्दा पनि अझै चुनाव राष्ट्रपति जो बाइडेनसँग पराजित भएको उत्तर दिएनन बरु घुमाएर जवाफ दिए ।
“के तपाई अहिले सन् २०२० मा हारेको कुरा स्वीकार गर्दै हुनुहुन्छ?” एबीसी समाचार कार्यक्रम संचालक डेभिड मुइरले सोधे।
“होइन, म यो पटक्कै मान्दिन,” उनले भने।
त्यस्तै शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको बारेमा उनलाई प्रश्न गर्दा ट्रम्पले जनवरी ६, २०२१ मा गरेको आफ्नो कार्यका लागि आफूलाई कुनै पछुतो छैन भनी बताएनन्। उनले अमेरिकी संसद (क्यापिटल)मा भएको घटनासँग आफ्नो “केही सरोकार” नभएको दाबी गरे। ।
प्रतिक्रिया