२२ यात्रु बोकेको रुसी उदग्रबिमान(हेलिकप्टर )सुदूर पूर्व ज्वालामुखी नजिक बेपत्ता भएको छ ।
२२ जना बोकेको रुसी उदग्रबिमान देशको सुदूर पूर्वको कामचाटका प्रायद्वीपमा रहेको ज्वालामुखी नजिकै बेपत्ता भएको स्थानीय गभर्नरले बताएका छन् ।
शनिबार बेपत्ता हुनुअघि एमआई-८टी उदग्रबिमानमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए, कामचटका क्राइका गभर्नर भ्लादिमिर सोलोडोभले एक श्रब्यदृश्य (भिडियो )वक्तव्यमा भनेका छन्। यो क्षेत्रको भाचकाजेट्स ज्वालामुखी नजिकैको स्थलबाट प्रस्थान गरेको थियो र निकोलाएव्का गाउँमा यात्रा गरिरहेको थियो।
उदग्रबिमान उडिरहेको कामचाटका क्षेत्रमा कम दृश्य , हुरीबतास र कुहिरो देखिएको रुसी सरकारी संचार माध्यम टासले बताएको छ । चालक दलले विमानमा कुनै खराबी भएको जानकारी नगराएको बताईएको छ ।
बेपत्ता भएको बिमान खोज्न उद्धार टोली पनि खटाइएको छ । स्थानीय समय अनुसार शनिबार साँझ, सोलोडोभका अनुसार खोजी दलले अन्धकार र खराब मौसममा उदग्रबिमान र यसका यात्रुहरूको खोजी जारी राखेको बताए ।
यातायातका लागि कामचटकाको अनुसन्धान विभागले यातायात सुरक्षा र हवाई यातायात सञ्चालनसँग सम्बन्धित नियमहरूको सम्भावित उल्लङ्घनको बारेमा अनुसन्धान गरिरहेको टेलिग्राम पोस्टमा जनाईएको छ ।
प्रतिक्रिया