टेलिग्रामका प्रमुख कार्यकारी अधिकारी (सीईओ )पावेल दुरोभलाई पेरिस नजिकैको विमानस्थलमा पक्राउ

इनेप्लिज २०८१ भदौ ९ गते १२:०१ मा प्रकाशित

टेलिग्रामका प्रमुख कार्यकारी अधिकारी (सीईओ )पावेल दुरोभलाई पेरिस नजिकैको विमानस्थलमा पक्राउ गरिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सेली प्रहरीले टेलिग्रामका प्रमुख कार्यकारी अधिकारी तथा संस्थापक पावेल डुरोभलाई शनिबार पेरिस नजिकैको विमानस्थलमा लोकप्रिय सन्देश अनुप्रयोग (मेसेजिङ एप)सँग सम्बन्धित अपराधको आरोपमा पक्राउ गरेको छ फ्रान्सेली ञ्चारमाध्यमले समाचार लेखेका छन् ।

३९ बर्षिय फ्रान्सेली-रूसी अर्बपतिलाई शनिबार साँझ फ्रान्सेली राजधानीको उत्तरमा ले बोर्गेट विमानस्थलमा हिरासतमा लिइएको एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई बताए ।

उनी भर्खरै अजरबैजानको बाकुबाट यात्रा गरेका थिए। दुरोभ आइतबार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

फ्रान्सको अफमिन, नाबालिगहरू विरुद्ध हिंसा रोक्नको लागि जिम्मेवार एजेन्सीले डुरोभलाई ठगी, लागूऔषध ओसारपसार,संगठित अपराध र आतंकवादको प्रवर्द्धन जस्ता कथित अपराधहरूमा प्रारम्भिक अनुसन्धानमा समन्वय गर्ने गुप्तचर संस्था (एजेन्सी)को रूपमा पक्राउ पुर्जी जारी गरेको थियो।

डुरोभले २०१३ मा टेलिग्राम सुरु गरे र २०१४ मा रूस छोडेका थिए ।

प्रतिक्रिया