अमेरिकाको ओक्लाहोमा राज्यमा पानीमा डुब्न लागेको साथीलाई बचाउने प्रयास गर्दा भर्खर मात्र आएका एक युवा बिद्यार्थी कोशल पराजुली (अजय)को निधन भएको छ ।
२००३ मार्च १३ मा जन्मिएका अर्थात् २० बर्षिय बिधार्थी पराजुलीको गत अगस्त १२ ,२०२४ का दिन निधन भएको हो । उनी डिसी महानगर क्षेत्रका डिसी नेपाली समाजका संस्थापक मध्ये कै एक समाजसेवी कमल पोखरेलका सहोदर भान्जा हुन् ।
गो फन्ड मी संचालन गर्ने मामा कमल पोखरेलले आफ्ना भान्जा कोशल पराजुली (अजय) भैरहवा मणिग्रामबाट अमेरिकाको अलावामामा विधार्थीका रुपमा आई ३ हप्ताअगाड़ी मात्र पढ़ाईको क्रममा टेक्ससमा सरेको जनाएका छन् । गो फण्डको लक्ष्य २० हजार डलर राखिएको छ भने मामा कमल पोखरेल स्वयमले खाता खोलेका हुन् ।
स्व पराजुली उनी साथीभाईको साथमा टनर फल्स पार्क, ओक्लोहोमामा पौडी खेल्ने क्रममा पानीमा डुव्न लागेको साथीलाई बचाउने प्रयास गर्दा आफ्नो ज्यान गुमाएको जनाएका छन् ।
अन्तिम संस्कार लगायतका कार्यहरु सम्पन्न गराउनका लागी आर्थिक सहयोगको आवश्यक भएकोले मामा कमल पोखरेलले सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।
सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/support-for-koshal-parajulis-ajay-final-rites?a
प्रतिक्रिया