धर्मोदयसभाको निर्वाचन सम्पन्न

इनेप्लिज २०७२ भदौ १९ गते १:११ मा प्रकाशित

स्याङ्जा, १९ भदौ । धर्मोदयसभा स्याङ्जाको चौथो अधिवेशनले इन्द्रप्रसाद गुरुङको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।

सो समितिको उपाध्यक्षमा यामबहादुर गुरुङ, सचिवमा रेखबहादुर गुरुङ, सहसचिवमा जितबहादुर गुरुङ, कोषाध्यक्षमा दिलबहादुर गुरुङ र सहकोषाध्यक्षमा नरबहादुर गुरुङ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा मीनबहादुर गुरुङ, पार्वती गुरुङ, नेत्रकुमारी गुरुङ, कमला गुरुङ, लोकबहादुर भुजेल, गिरीप्रसाद गुरुङ, वासु गुरुङ र मीनाकुमारी गुरुङ रहेका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यलाई धर्मोदयसभाका केन्द्रीय उपाध्यक्ष इन्द्रबहादुर गुरुङले प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया