इजरायलको आक्रमणमा परि हेजबुल्लाहका अर्का सेनापति मारिएका छन् ।
इजरायलको रक्षा बलले सोमबार अगस्त ५ का दिन लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका अर्का सेनापति मारिएको पुष्टि गरेको छ । आक्रमणमा हेजबुल्लाहको रडवान बलका सेनापति अली जमाल अल्दिन जवादको मृत्यु भएको छ ।
हेजबुल्लाहले पनि मृत्युको पुष्टि गरेको छ ।
“उनको उन्मूलनले उत्तरी इजरायलको बिरूद्ध दक्षिणी लेबनानबाट आतंककारी गतिविधिलाई बढावा दिन र सञ्चालन गर्न हेजबुल्लाह आतंककारी संगठनको क्षमतालाई उल्लेखनीय रूपमा घटाउँछ,” आइडिएफले एक बिज्ञप्तिमा जनाएको छ ।
इजरायलले बेरुतमा हेजबुल्लाहका एक अधिकारी फुआद शुक्र र इरानमा हमासका एक अधिकारी इस्माइल हानियाको हत्याले मध्यपूर्वलाई थप युद्धमा धकेलेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया