फ्रान्सेली प्रहरीले पेरिस ओलम्पिकलाई ‘अस्थिरता’ बनाउने योजना बनाएको आरोपमा रुसी व्यक्तिलाई पक्राउ गरेको छ ।
फ्रान्सेली प्रहरीले सन् २०२४ को पेरिस ग्रीष्मकालिन (समर ओलम्पिक)लाई सम्भावित रूपमा अस्थिर बनाएको आशंकामा एक रुसी व्यक्तिलाई पक्राउ गरेको फ्रान्सेली अभियोजकहरूले बुधबार बताएका छन् ।
प्रहरीले उनको घरमा छापा मारेको र “ओलम्पिक खेलहरूमा अस्थिरता निम्त्याउन सक्ने घटनाहरू आयोजना गर्ने उनको मनसायको डर” पैदा गर्ने प्रमाणहरू फेला पारेपछि उक्त व्यक्तिलाई मंगलबार पक्राउ गरिएको अभियोजकहरूले एक विज्ञप्तिमा जनाएका छन् ।
४० वर्षीय व्यक्तिलाई बुधबार पूर्व-परीक्षणको रुपमा हिरासतमा राखिएको छ । आरोपमा दोषी ठहरिए ३० वर्षसम्मको कैद सजाय सजाय हुन सक्ने सिविएसन्यूजले जनाएको छ \
अधिकारीहरूले कथित षड्यन्त्रको बारेमा थप विवरण नदिएको र आतंकवादसँग सम्बन्धित छ भन्ने विश्वास नगरेको प्रहरीले जनाएका छन् ।
ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार पेरिसमा सेइन नदीको किनारमा हुने भएको छ । फ्रान्सले युक्रेनमा रूसको चलिरहेको आक्रमण र इजरायल र हमासबीचको युद्धको पृष्ठभूमिमा हुने प्रतियोगितालाई सुरक्षित राख्नको लागि आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अभियानको आयोजना गरेको छ।
खेलहरूमा नेतृत्व गर्ने अधिकारीहरूले १० लाख भन्दा बढी मानिसहरूलाई अनुसन्धान गरिसकेका छन्।
सिबिएसन्यूजका अनुसार ४,३६० जनालाई ओलम्पिकमा पहुँच निषेध गरिएको छ । ८८० लाई विदेशी हस्तक्षेपको शंकामा प्रतिबन्ध लगाइएको छ । खेलअघि फ्रान्स र रुसबीच तनाव बढेको छ । गत जुनमा, फ्रान्सेली प्रहरीले पेरिसको उत्तरमा एउटा अतिथि गृहको कोठामा विस्फोट गराउने युक्रेनी-रूसी व्यक्तिलाई पक्राउ गरेको थियो। उनी आतंकवादी षड्यन्त्रमा संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया