अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा आयोजित एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए )को एएनए राष्ट्रिय सम्मेलन २०२४ सम्पन्न भएको छ ।
जुलाई १९ देखि २१ सम्म सॅचालन भएको सम्मेलन उदघाटन, विविध फोरम( मन्च)कार्यक्रम, सॅास्कृतिक कार्यक्रम ,साहित्यिक लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरिदै समापन गरिएको छ ।
गत शुक्रवार साझ देखि नै सुरु भएको सम्मेलनको दोस्रो मुख्य दिन झाकी प्रस्तुतीको साथै वैदिक मन्त्र र नेपाल र अमेरिकी राष्ट्रिय गान बजाई पानसमा वत्ति वाली सम्मेलनको उदघाटन गरिएको थियो। उदघाटन क्यालिफोर्नियाकी अर्थमन्त्री फिओना मा, सम्मेलन सॅयोजक क्रान्ती अर्याल भण्डारी तथा एएनए अध्यक्ष खगेन्द्र अधिकारी लगायतले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सम्मेलन सॅयोजक क्रान्ती अर्याल भण्डारीले गरेकी थिईन भने प्रमुख अतिथी डा मिनेन्द्र रिजाल तथा एएनएका सॅस्थापक अध्यक्ष हरि शर्माले जुम मार्फत बोलेका थिए । दुवै जना हवाईजहाजमा समस्या भएकोले भौतिकरुपमा आउन असमर्थ भएका थिए ।
समुदघाटन समारोहमा एएनएका डा शम्भु ढुगाना( बिओटी), बिजय श्रेष्ठ( वरिष्ठ उपाध्यक्ष),अमेरिकी पूर्व सॅासदका उम्मेद्धवार एड्रियन पोखरेल, एनआरएनए अमेरिकाकी महिला उपाध्यक्ष सुनिता सापकोटा कॅडेल, महाबाणिज्यदूत रिषी ढकाल, न्यान्सका अध्यक्ष प्रितेश कार्की, जन सम्पर्क समितीकाचन्द्र धिताल, एएनए सम्मेलनका सॅरक्षक विजय चौधरी, अनेसास केन्द्रका अध्यक्ष गोवर्धन पूजा, मेरील्याल्ड इन्डियन हेड शहरका उप नगर प्रमुख किरण सिटौला, एएनए पूर्व अध्यक्ष कृष्ण निरौला, डा अम्विका अधिकारी, स्विटजरल्याण्डबाट आएका एएनए सल्लाहकार केदार न्यौपाने, अनेसास नव निर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले लगायतले शुभकामना सहित मन्तव्य राखेका थिए ।
विशेष अतिथी रहेकी क्यालिफोर्नियाकी अर्थमन्त्री फिओना मा ले एएनए अध्यक्ष तथा सम्मेलन सॅयोजकलाई प्रशॅसा पत्र दिदै सम्मान गरेकी थिइन्।
उनले मन्तव्यकै क्रममा एड्रियन पोखरेलले राखेका कुरा प्रति आफू प्रभावित भएको भन्दै प्रशॅसा गरिन। उनले चुनाव जित्न सजिलो छैन तर पनि हामीले निरन्तरता दिई रहनु पर्ने र निर्वाचनमा होमिन अझै गर्नु पर्ने वताईन। उनले क्यालिफोर्नियामा ७८ वटा भाषाहरुलाई मान्यता दिएको बताईन ।
उनले साना साना पदमा काम गर्दै आफू ४ पटक निर्वाचित भएको र विभिन्न पदमा अनुभव बटुलेको बताइन ।
उनले आफ्ना बुबाआमा चीनबाट हॅगकॅग हुदै न्यूयोर्क आएको र आफू न्यूयोर्कमै जन्मिएको र हुर्किएको बताईन । उनले नेपाली समूदायको प्रशसा गरिन। एड्रियन पोखरेलले भर्जिनियाका सिनेटर टिम केनद्वारा एएनएलाई दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए । साथै उनले आफ्नो प्राथमिक निर्वाचनको बारेमा चर्चा गरेका थिए ।
उदघाटन समारोहमा एएनएको स्मारिका बिमोचन गरिएको थियो भने प्रकाशन समितीका सभापति ध्रुव थापाले बोलेका थिए ।
उक्त तीन दिने सम्मेलनमा खेलकुद कार्यक्रमको समेत आयोजना गरिएको थियो। खेलकूद कार्यक्रम अन्तर भकुन्डोमा १२ वटा टोली, ३५ बर्ष भन्दा माथी उमेर समूहको टोलीमा ६ र बास्केट बल खेल टोलीमा करिव ५ खेल टोलीहरुले भाग लिएका थिए ।
त्यस्तै दोश्रो दिन अर्थात् मुख्य दिन जुलाई २० का दिन दिवा भोजन पछि बजे युवा सशक्तिकरण , सूचना प्रविधि, महिला सशक्तिकरण,नेपालको आर्थिक बिकाशको लागि नेपाली डायसपोराको योगदान , रणनीति ब्यबसाय बिकाश, अमेरिकामा नेपाली साहित्यको प्रवर्धन ,अमेरिकी अध्यागमन र नेपालको दोहोरो नागरिकताको प्रावधान तथा फाइदा आदि बिषयमा केन्द्रित रहेर फोरम( मन्च)हरुको आयोजना सफलतापूर्वक सम्पन्न भए।
गत जुलाई २० अर्थात शनिवार राती नेपालका प्रसिद्ध गायक जेम्स प्रधानको विशेष प्रस्तुती रहेको थियो भने उनले कम्तीमा पनि आधा दर्जन भन्दा ज्यादा नया गीतहरु सहित आफ्ना कालजयी गीतहरु प्रस्तुती गरेका थिए । साथमा गायिका शशिकला मोक्तान , गायिका जुना प्रसाई लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुतीहरु रहेको थिए । साथै विभिन्न जातजातिकाहरुको विशेष प्रस्तुती रहेका थिए ।
बिजयी खेलाडी तथा खेल टोलीका बिभिन्न खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
सम्मेलनको तेश्रो दिन अर्थात् जुलाई २१ का दिन बिहान ८ बजे देखि दिउसो मध्यान्न १२ बजे सम्म साहित्य कार्यक्रम अन्तरगत कविता महोत्सव सहित पुरस्कार वितरण तथा एएनएको आधिकारिक समापन कार्यक्रम समपन्न भएका छन्।
सम्मेलन सफल बनाउन ९ वटा समितिहरु बनाईएका थिए। कार्यक्रमको सभापतित्व एएनए अध्यक्ष तथा सम्मेलन सभापति खगेन्द्र अधिकारीले गरेका थिए । उनले सबैलाई धन्यवाद ज्ञापन राखेका थिए ।
सम्मेलनको उदघाटन समारोह देखि राती सम्म सॅचालन भएका रहेका विभिन्न कार्यक्रमहरुम् एएनएका महासचिव लक्ष्मण प्रधान तथा स्थानिय क्रियाशिल महिला कार्यकर्ता स्वस्तिका तिमिल्सिनाले गरेका थिए ।
प्रतिक्रिया