त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसियसनको नेतृत्वमा अशिम पाण्डे

इनेप्लिज २०८२ जेठ १८ गते २१:५९ मा प्रकाशित

लेखनाथ – जेठ १७

पोखरा २७ तालचोकमा रहेको त्रिवेणी इन्टरनेशनल कलेजका पुर्व बिद्यार्थीहरुको साझा संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसियसनको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशनबाट असिम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सर्बेन्द्र न्यौपाने, सचिवमा सृजना अधिकारी, सहसचिवमा सुजन आचार्य र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित हुनुभएको छ भने सदस्य तर्फ़ सचिन रानाभाट ‘बलराम’, शृष्टि तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी निर्वाचित हुनु भएको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि मुक्तिनाथ सापकोटाको संयोजकत्वमा शिव चन्द्र घिमिरे र किशोर सुबेदी सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै त्रिवेणी इन्टरनेशनल कलेजका संचालक समितिका अध्यक्ष सुमन भट्टराईले अध्ययन पश्चात बिद्यार्थीहरुले प्राप्त गरेको सफलताले नै कलेजको भविष्य सबल बनाउने बताउनु भयो। उहाँले बोल्दै – निजि क्षेत्रबाट संचालित भएपनि न्युनतम शुल्कमै गुणस्तरिय शिक्षा प्रदान गरिरहेको यस शैक्षिक संस्था द्वारा उत्पादित बिद्यार्थी हरुले बजारमा छुट्टै छाप राख्न सके कलेजको गरिमा अझ बढ्नेछ ।

त्यस्तै कलेजका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका पुर्व सदस्य बाबुराम गिरीले पुर्व बिद्यार्थी मंच पनि कलेजको एक खम्बा रहेकोले शैक्षिक योगदानको लागि उलेख्य भूमिका रहने बताउनु भयो। कार्यक्रममा कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, संचारकर्मी नवराज सापकोटा, बिद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो।

यसै बीच त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसियसनका अध्यक्ष रामकृष्ण लामिछानेले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष सृजना अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव असिम पाण्डेले गर्नु भएको थियो।

प्रतिक्रिया